चौथो कञ्चन प्रतिभा सप्ताह तथा राष्ट्रपति रनिङ्ग शील्ड शुरु

by समतल अनलाइन

कन्चन ।“हामी सबैको प्रण सार्वजनिक शिक्षा प्राप्तीको सवलीकरण” भन्ने मूल नाराका साथ कञ्चन गाउँपालिकामा चौथो कञ्चन प्रतिभा सप्ताह तथा राप्ट्रपति रनिङ्ग शील्ड प्रतियोगिता आज(शुक्रवार¬)बाट शुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले विद्यार्थीको प्रतिभा प्रस्फ्ुटनको लागी यो कार्यक्रम महत्वपुर्ण रहेकोे बताउनुभएको छ ।

शैक्षिक क्षेत्रमा ठूलो परिवर्तनको आवश्यकता रहेको र देशमा टेक्निकल र भोकेस्नल शैक्षिक प्रविधिलाई आत्मसात गर्दै अगाडी बढ्नुपर्नेमा भट्टराईले जोड दिनुभएको छ । ३० प्रतिशत साधारण शिक्षा, ७० प्रतिशत टेक्निकल र भोकेस्नल शिक्षा तर्फ लैजान सकियो भने मात्र आजको शैक्षिक आवश्यकतालाई पुरा गर्न सकिने उहाँले जिकिर गर्नुभयो ।

त्यस्तै खेललाई विद्यालयमा मात्र सिमित नरही विभिन्न क्लब र संघ संस्थाहरु मार्फत अगाडी बढाईरहेको कार्यक्रमका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनुभएको छ । युवाहरु कुलतमा आकर्षित भईरहे

को अवस्थामा यस्तो किसिमका खेलको माध्यमबाट युवाहरुलाई सही बाटोमा लैजाने प्रयत्न गरिरहेको क्षेत्रीले बताउनुभएको छ ।
कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको अध्यक्षता, प्रदेश सभा सदस्य खिमलाल भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा कञ्चनका तर्फबाट भरतमणी सापकोटा, विद्यालयको प्रअका तर्फबाट रुद«पुर माध्यमिक विद्यालयका प्रअ पिताम्बर पौडेल, वि.व्य.स. को तर्फबाट लक्ष्मीकान्त पौडेल, सामु्हिक संस्थाको तर्फबाट रुद«प्ुर खानेपानी संस्थाका अध्यक्ष डोलनाथ आचार्य, त्यस्तै दुर्गा बहादुर क्षेत्री र कञ्चन गाउँपालिकाका प्रशासकिय अधिकृत लेख बहादुर बस्नेत लगायतले बोल्नुभएको थियो ।

खेल्कुद सप्ताह अन्तर्गत आज साहित्यिको आधारभुत तहबाट नेपाली वाचन, अँग्रेजी लेखन, हिसाब दौड र माध्यमिक तहबाट १५०० मि. र १०० मि दौड छात्र÷छात्रा तर्फबाट भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयले मार्च पास तथा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
७ गतेबाट शुरु भएको चौथो कञ्चन प्रतिभा सप्ताहा तथा राष्ट्रपति रनिङ्ग शील्ड फागुन १० गते सकिने छ ।

 
 
  
 

You may also like