राष्ट्रपतिद्वारा प्रदेश–२ का प्रदेश प्रमुख पदमुक्त

by समतल अनलाइन

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश–२ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।
हेर्नुस् विज्ञप्ती

 
 
  
 

You may also like