घाटामा गएर बन्द भएको ३४ तले ‘ट्रम्प क्यासिनो’ यसरी ध्वस्त पारियो

by समतल अनलाइन

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेका ‘द ट्रम्प प्लाजा होटेल एन्ड क्यासिनो’ लगातारको घाटापछि २०१४ मा बन्द भएको थियो । एट्लान्टिक सहरको न्युजर्सीमा रहेको सो क्यासिनोलाई सरकारी अधिकारीहरूले निकटतम खतरा बताउँदै आएका थिए ।

यस्तोमा बुधबार यो भवन विस्फोट गर्दा अवलोकनकर्ताहरूले उत्साहित हुँदै हेरेका हुन् । नजिकका होटेलहरूले यो दृष्य हेर्नका लागि विशेष प्याकेज ल्याएका थिए जसमा कतिले त राम्रो ठाउँबाट हेर्न ५७५ डलरसम्म तिरेका छन् ।

ट्रम्प प्लाजा १९८४ मा उत्घाटन गरिएको थियो तर २०१४ मा बन्द भएदेखि सो भवन अव्यवस्थित रूपमा रहँदै आएको थियो । कङ्गाल भई थुप्रै मुद्दा परेको ट्रम्प प्लाजा होटेल र क्यासिनो कुनै समय पूर्व राष्ट्रपति ट्रम्पको घरजग्गा पोर्टफोलियोको मुख्य हिस्सा मानिन्थ्यो जससँग उनले २००९ मा सबै सम्बन्ध तोडेका हुन् ।

हाल अर्बपति लगानीकर्ता कार्ल इक्हान त्यस क्षेत्रका मालिक हुन् र उनले भवन भत्काइसकेपछिको आगामी योजनाबारे केही जानकारी दिएका छैनन् । यसलाई भत्काउन तीन हजार विस्फोटक, ‘डाइनामाइट’ को प्रयोग गरिएको हो । भवन ३४ तलाको भएको न्युयोर्क टाइम्सको रिपोर्टले जनाएको छ तर यसलाई ध्वस्त हुन केही सेकेन्ड मात्र लागेको हो । बीबीसीबाट

 

 
 
  
 

You may also like