तिलोत्तामाको शान्ति नमुना माविको वार्षिकोत्सब सम्पन्न

by समतल अनलाइन

बुटवल । तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माविको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाली काग्रेसका नेता बालकृष्ण खाडले सामुदायिक विद्यालयमध्ये फरक पहिचान बनाएको नमुना समयसापेक्ष अगाडि रहेको बताए । सोही अवसरमा पूर्व मन्त्री बालकृष्ण खाँड दाता सम्मान, छात्रवृत्ति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, ८ कोठे विद्यालय भवनको सिलान्यास तथा विद्यालयको मुखपत्र नानीको विमोचन समेत गरेका थियो ।

विद्यालयका प्राधानाध्यापक कुल प्रसाद लामिछानेले अग्रेजी र नेपालीमा पठनपाठनसंगै प्राविधिक शिक्षालाई समेत जोड दिएको बताए। अटिजमका बालबालिका लक्षित गरेर केन्द्र स्थापनाको तयारी समेत भएको उनले बताए । कार्यक्रममा शिक्षा समन्वय ईकाई रुपन्देहीका दिपेन्द्र ढकाल, विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बश्यालले रुपन्देहीको शैक्षिक ईतिहासमा नमुनाको योगदान रहेको बताए ।

कार्यक्रममा विद्यालयको भौतिक र शैक्षिक विकासमा महत्वपुर्ण योगदान पुर्याएका ब्यक्ति, संस्थाका साथै वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको विभिन्न खेलकुद तथा अन्य कार्यक्रममा उत्कृष्टहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयमा ३ हजार ६ सय विद्यार्थी र १ सय ३० शिक्षकहरु रहेका छन ।

 
 
  
 

You may also like