माधव नेपालको प्रश्न : बोल्न पनि नपाइने ? मुखमा टेप लगाएर बसिदिनु पर्ने ?

by समतल अनलाइन

‘नेताहरुलाई चिडियाखानामा थुन्छु भन्ने गृहमन्त्रीलाई चाँहि कारवाही हुन्छ–हुँदैन ?’
सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले अपराधीलाई जस्तो गिरफ्तार गरेको बताएका छन् ।

सोलुखुम्बुमा नेकपाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कुनै पनि मान्छे आलोचनाभन्दा माथि हुन नसक्ने बताएका छन् । उनले भने, ‘राजा वीरेन्द्रकी श्रीमती ऐश्वर्यबारे पम्फादेवीको नाममा स्वीस बैंकमा भएको खाता के हो भनेर बोलेको होइन ? राष्ट्रपतिमाथि खासै केही भनिएको होइन ।’

बुधबार काठमाडौंमा भएको आमसभामा पनि रामकुमारीले राष्ट्रपति संस्थाको सम्मान गर्ने तर व्यक्तिको हैसियतले गरेको काममा महिला भनेर उन्मुक्ति पाउन सक्नु हुन्न भनेको उनले सुनाए । तर कुनै अपराधीलाई झैं गरेर पक्राउ गरिएको भन्दै उनले अघि भने, बोल्न पनि नपाउने ? मुखमा टेप लगाएर बस्नुपर्ने हो ?

अपराधीलाई पक्राउ गर्न नसकेको तथा बलात्कारी खुमलखुल्ला हिँडिरहेको भन्दै उनले अघि भने, ‘बलात्कारका घटनामा कति जनाले न्याय पाए ? कति जना थुनामा गए ? यसको जवाफ सरकारले दिनु पर्दैन ?’ गृहमन्त्री स्वयम्ले आफ्नो पार्टीका अर्का अध्यक्षलाई चिडियाखानामा लगेर थुन्नु पर्छ भनेर बोलेको भन्दै उनले भने, त्यस्तो बोले बापत कारबाही हुन्छ कि हुन्न ?

 

 
 
  
 

You may also like