‘अपराधलाइ राजनीतिकरण गर्दा महिला हिंसा राेकिएन,दाेषीलाइ कारबाही गराैँ ’

by समतल अनलाइन

बुटवल। मुलुकमा दण्डहीनताको अन्त्य नभएसम्म आपराधिक प्रबृत्तिका घटनाहरु दोहोरिइरहने सरोकारवालाले गुनासो गरेका छन् । उनीहरुले सरकारले सबैप्रकारका अपराधलाइ राजनीतिकरण गरेर यसप्रकारका घटनाहरु श्रृङ्खलाबद्ध रुपमा घटिरहेको उनीहरुको भनाइ छ ।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशको बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सम्झना शर्माले महिला हिंसाका घटनामा प्रमाण सुरक्षित गर्नुपर्ने बताइन् ।

उनले प्रहरीलाई बलियो बनाउनुपर्ने भन्दै पुर्वाधार ,प्रबिधि जरूरी रहेको बताइन् ।उनले आयोग मिडितमैत्री रहेको भन्दै हिंसा न्यूनिकरण गर्न नैतिक शिक्षा,मानव अधिकार शिक्षा आवश्यक रहेको बताइन् ।

ईप्रका बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी प्रतीत सिंह राठौरले पछिल्ला घटनामा प्रहरी अनुन्धान कुनैपनि हालतमा नरोकिने बताए ।उनले प्रहरीले अनुसन्धान नरोक्ने बरु प्रमाण खोज्ने बताए । उनले कानुन ठिक र कार्यान्वयन पनि ठिक छ भएपनि घटना घटिरहेको भन्दै मिाजमा जनचेतनामूलक कार्यक्रम जरूरी रहेको बताए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले निर्मम घटनामा सरकार दोषि रहेको बताए । उनले निर्मला पन्त,भागिरथी भट्ट लगायतका चेलीमाथि बलात्कारपछि हत्या हुनु क्रुरताको परकाष्टा भएको बताए ।

उनले सरकारका अंगहरू पनि कार्यान्वयनमा जान नसकेको भन्दै प्रभाव दवावले होइन विबेक प्रयोग गर्नुपर्ने बताए । उनले सरकारलाई सच्चाउनेगरि काम गर्नुपर्ने भन्दै नागरिकको चेतना स्तर बढाउन जरूरी रहेको बताए ।

उच्च अदालत बुटवल बारका अध्यक्ष अधिबक्ता जोगबहादुर खत्रीले कानुन कार्यन्वयन नभएको भन्दै चिन्ता ब्यक्त गरे ।कानुनमा जन्मकैद छ तर बालिका बलात्कार रोकिएन उनले भने ।उनले महिला हिंसाका आयामको खोजि गर्नुपर्ने भन्दै ,सामाजिक सञ्जाल ,अस्लिल साईटका कारण पनि समस्या बढेको बताए ।

गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्माले समाज पित्रि सतात्मक सोचमै रहेको बताइन् । उनले बालबालिका र महिलाहरुलाइ यौन शिक्षा सिकाउनुपर्ने र लाईफ स्किल सिकाउर्ने बताइन् ।साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

 
 
  
 

You may also like