साढे पाँच घण्टापछि छुटिन् नेकपा नेतृ रामकुमारी झाँक्री

by समतल अनलाइन

काठमाडौं। प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।शंखमुलस्थित उनकै निवासबाट दिउँसो १ बजे पक्राउ गरिएकी नेकपा नेतृ झाँक्रीलाई साँझपख रिहा गरिएको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताएका छन् । झाँक्रीको पक्राउपछि सम्पूर्ण राजनीतिक दल, नागरिक समाजका अगुवा र सर्वसाधरणले विरोध जनाएका थिए ।

उनलाई राज्विरुद्धको कसुर आरोपमा पक्राउ गरिएको थियो । गोरखामा आयोजित सभामा राष्ट्रपतिको अपमान हुने गरी बोलेको आरोपमा नेतृ झाँक्रीलाई पक्राउ गरिएको थियो । झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीब्र दवाव दिएको प्रहरी स्रोतले नै बताएको छ ।

 

 
 
  
 

You may also like