नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाको १५ औ बार्षिक साधारण सभा सम्पन्न

by समतल अनलाइन

बुटवल । नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाको १५ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थिीत संस्थाकै संभाहलमा भएको साधारण सभामा प्रमुख अतिथि समाजसेवी तथा उद्योगपति चुन्नु प्रसाद पौडेलले सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखा लाई जुनसुकै कार्य गर्नमा आफनो संहयोग रहर्ने प्रतिवद्धता व्यक्त गदै यस संस्थाले कोभिड १९ को जोखिम अवस्थामा पनि विभिन्न कार्य गरेर रेडक्रशका उपशाखा मध्ये उक्त शाखाले ठूलो योगदान गरेकोमा विशेष धन्यवाद दिनु भएको थियो ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका अध्यक्ष वेन बहादुर पौडेल क्षेत्रीले सम्पूर्ण रेडक्रशकर्मी र अन्य संहयोगी दाताहरु को साथ ,र निरन्तर संहयोग बाटै नै यो स्थान सम्म आउन सफल भएको बताउनु भयो । उहाँले सम्पूर्ण अभियान्तहरुलाई रेडक्रशका सात आधारभूत सिद्धान्तहरु अवलम्बन गर्न आग्रह गर्नु भएको थियो त्यस्तै उहाँले आगामी दिनमा बुटवल उपशाखाले ट्राफिक जामको समस्या न्युनीकरण गर्नका लागि सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको समेत बताउनु भयो । त्यस्तै नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखाका सभापति प्रेमलाल उदासले बुटवल उपशाखाले गरेका कामहरु सह्रानीय भएको बताउदै १५ औ साधारण सभामा विभिन्न गतिविधि समेटेर रेडक्रश आलोक प्रकाशन गरेकोमा आभार व्यक्त गर्नु भयो । सो अवसरमा उहाँले बुटवल उपशाखाले संचालन गरेको कपडा बैक लाई समेत निरन्तरता दिन आग्रह गदै अन्य उपशाखाहरुले अनुसरण गर्नुपर्नेमा जोड दिनु भयो । १५ औ साधारण सभामा सचिव, कोपाध्यक्षको प्रतिवेदन पारित भएको छ ।

कार्यक्रममा विभिन्न सहंयोगीदाताहरु लाई सम्मान गरिएको थियो भने विभिन्न सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति बाट रेडक्रशले प्रकाशन गरेको आलोक समेत विमोचन गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि कमल मालपानी, पूर्व मेयर पुनाराम पोखर्रेल , महेश्वर प्रसाद श्रेष्ठ, हेमानन्द शर्मा, राजु गुरुङ्ग, मान बहादुर विश्वकर्मा, चन्द्रकान्त खनाल , सरस्वती कुवंर लगायतको शुभकामना मनव्य, संस्थाका उपसभापति बिमल बहादुर शाक्यको स्वागत र सचिव लोकनाथ पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like