बुटवलकी सुम्निमाले ल्याइन ४ जीपीए

by समतल अनलाइन

बुटवल । कक्षा १२ को परिक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छन् । सोमबार राष्ट्रिय परीक्षा बोर्ड देशभरबाट चार लाख ३२ हजार विद्यार्थीमध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलमा विज्ञान संकायकी छात्रा सुम्निमाले सर्वाधिक अंक हासिल गरेकी हुन् ।

सिम्बोल नम्बर २४९०११८८ रहेकी सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर र प्राक्टिकलमा १.५६ अंक गरी ए प्लस ग्रेडसहित जीपीए ४ हासिल गरेकी विद्यालयका कक्षा १२ संयोजक प्रकाश खनालले बताए । हालसम्म सुम्निमाको मात्रै जीपीए ४ अंक हासिल भएकाले उनी नेपाल प्रथम भएको विद्यालयको दावी छ । आफ्नो निरन्तरको मिहिनेत, विद्यालय, शिक्षक र परिवारको सहयोगको कारण आफूले यो नतीजा प्राप्त गरेको सुम्निमाले बताइन् ।

ष्mबनभक
उक्त विद्यालयबाट विज्ञान संकायबाट ५७ जना र व्यवस्थापन संकायबाट ३३ जनाले परीक्षा दिएकामा २३ जनाले ए प्लस ग्रेड हासिल गरेका छन् । विज्ञान संकायबाट सक्षम देवकोटा र अमृत अर्यालले ३।९२ जीपीए र व्यवस्थापन संकायकी दिब्या उपाध्यायले ३।८४ जीपीए हासिल गरेका खनालले बताए ।

 
 
  
 

You may also like