कक्षा १२ को नतिजा आज सार्वजनिक हुने, बोर्ड वैठक बस्दै

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज (सोमबार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जानकारी दिएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ । बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताए । यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुस मध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।

 
 
  
 

You may also like