पहिलो पाइला नेपाल स्याङ्जा शाखाको आयोजनामा जेब्रा क्रस निर्माण कार्यक्रम सम्पन्न

by समतल अनलाइन

स्याङ्जा।पहिलो पाइला नेपाल स्याङ्जा शाखाको आयोजनामा जेब्रा क्रस निर्माण कार्यक्रम सम्पन्न भएको छ।स्याङ्जा सदरमुकाम पुतलीबजारको सिद्दार्थ राजमर्गको मुख्य खण्ड शहीदचोक, चौकी र प्रगतिनगरमा जेब्रा क्रस निर्माण भएको हो।

जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको समन्वयमा जेब्रा क्रस राख्ने कार्यक्रम गरिएको र उक्त कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको समेत सहयोग रहेको पहिलो पाइला नेपाल स्याङ्जाका सचिब झलक अर्यालले बताए।

भोलि पनि उक्त कार्यलाई ४ बजे पश्चात निरन्तरता दिइने र यसले सर्वसाधारणलाई ट्राफिक सचेतना समेत पुग्ने तथा सवारी दुर्घटना कम हुने विश्वास समेत उनले व्यक्त गरे।

पहिलो पाइला नेपाल स्याङ्जाले जिल्लामा विभिन्न प्रकारका सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ।

 
 
  
 

You may also like