तिलोत्तमा इन्स्टिच्यूटमा अभिमुखिकरण

by समतल अनलाइन

बुटवल। सुखानगरमा अवस्थीत तिलोत्तमा इन्स्टिच्यूटद्धारा होटल मेरिगोल्डमा एक दिने लोक सेवा आयोग मा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

अधिकृत, नायाब सुब्वा, खरिदार र बैकिङ तर्फ लोक सेवा मार्फत सेवा प्रवेश गर्न चाहने करिब एक सय विद्यार्थी सहभागि भएको सो अभिमुखिकरणमा काठमांडौबाट आउनुभएका वरिष्ठ प्रशिक्षक तथा पुस्तक लेखक, नागरिक उड्ययन प्राधिकरण भैरहवाका उप प्रबन्धक किशोर आर्चाय, संजिवनी कलेजका कार्यकारी प्रमुख दिपक रोका, बुटवलका वरिष्ट प्रशिक्षकहरु लगाएतले विषयगत र उत्प्रेरणात्मक शिर्षकमा प्रशिक्षण दिएका थिए ।

संजीवनी कलेजका प्रशासकीय प्रमुख राजु अर्यालको संचालन, सस्थाका प्रवन्ध निर्देशक नविन अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सस्थाका प्रबन्ध निर्देशकले आफ्नो सस्थाको चौध वर्षे इतिहासमा लोकसेवा आयोग र विभिन्न विषयका ब्रिज कोर्ष मार्फत प्रत्येक वर्ष हजारौँ विद्यार्थीलाई अब्बल बनाइ रोजगारी तथा बिभिन्न विषयमा भर्नाका लागि तयार गराइएकोमा गर्व लागेको कुरा व्यक्त गरे ।

उनले नयाँ परिवेषमा प्रतिष्पर्धा बढ्दै गएकोले सस्थाले सोही अनुसारका वरिष्ठ प्रशिक्षकहरु मार्फत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिने पनि प्रतिबद्दता व्यक्त गरे । यस इन्स्टिच्यूटमा छात्र र छात्रका लागि छुट्टा छुट्टै व्यवस्थीत होस्टल पनि संचालनमा रहेकोले सो बारे पनि जानकारी दिए  ।

 
 
  
 

You may also like