कोरोना खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिच्युटमा आगलागी, पाँचको मृत्यु

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको एक प्लान्टमा आगलागी भएको छ । इन्स्टिच्युटको पुनेमा रहेको प्लान्टको एक टर्मिनल आगलागीमा हुँदा पाँच जनाको ज्यान गएको छ ।

‘सिरम इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका पाँच जनाको आगलागीमा मृत्यु भएको जनाइएको छ । आगलागीको कारण थाहा हुन नसकेको र क्षतीको विवरण पनि नआइसकेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

मृतकको संख्या बढन सक्ने आँकलन गरिएको छ । आगलागीका कारण अन्तिम तला जलेर पूर्ण नष्ट भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ ।

सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठनद्वारा समर्थित कोभ्याक्स स्किमको हिस्सा हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो । एजेन्सी

 
 
  
 

You may also like