डा.बाबुराम भट्टराई भन्छन्, ‘कोरोना सँगसँगै ओली भाइरससँग पनि लड्नु छ’

by समतल अनलाइन

काठमाडौं। जनता समाजवादी पार्टी जसप. का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले कोरोनाविरुद्धको खोप पनि अर्कासँग मागेर लगाउनुपर्ने देशको नियतिप्रति टिप्पणी गरेका छन् ।

भारतले बिहीबार १० लाख डोज कोरोना खोप उपलब्ध गराएको समाचार सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री समेत रहेका डा। भट्टराईले नेपालको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मागेको धोतीले मेरो लाज छोपिन्न’ भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो । अहिले कोरोना माहामारीविरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ । त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे,’ उनले भनेका छन्, ‘बाँकीलाई कहिलेसम्म होला रु कता हात थाप्ने होला रु फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ ।’

 

 
 
  
 

You may also like