बुटवलमा राष्ट्रिय मेयर कप टेवल टेनिस हुने

by समतल अनलाइन

बुटवल। रुपन्देही जिल्ला टेवल टेनिस संघ ले तेस्रो बुटवल मेयर कप जुनियर राष्ट्रिय टेवल टेनिस प्रतियोगिता माघको १५ र १६ गते बुटवलको ओलि पदको कभर्डहलमा सम्पन्न हुँदै छ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल,बिराटनगर,धरान,काठमाडौ ,भक्तपुर ,ललितपुर ,दाङ,नेपाल आर्मी,कास्की ,रुपन्देही ,पाल्पा ,परासि बाट जम्मा २०० जनाको सहभागिता हुने कार्यक्रम संयोजक तथा सचिव महेश खनालले बताए।

प्रतियोगितामा प्रथम हुनेले नगद रु २५००० ,दोस्रो हुनेले नगद रु १५०००,तेस्रो हुनेले नगद रु ५०००/५००० प्राप्त गर्ने अध्यक्ष सुरेन्द्र शाक्य ले बताए ।प्रतियोगिता दुई इभेन्टस मा हुनेछ।

दुई इभेन्टस मै नगद पुरस्कार को वयवस्था गरिएको छ।कोरोनाले गर्दा धेरै लामो समय पछी प्रतियोगिता आयोजना गरि खेलाडीको मनोबल बडाउने विश्वास गरिएको छ।प्रतियोगितालाई बुटवल उप महानगरपालिका ले सहयोग गरेको छ।

 
 
  
 

You may also like