यसैबर्ष ५ नम्बर प्रदेशको नाम र राजधानी टुंगो लाग्छ : मुख्यमन्त्री पोख्रेल

by समतल अनलाइन

प्रेमनारायण आचार्य
अर्घाखाँची । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताए छन्।

निर्वाचन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप लागिरहेका बेला मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने बताएका हुन् ।

सबैलाई चित्त बुझ्दो ठाउँ र नाम ल्याउनका लगि आफू लागिपरेको बताउँदै उनले प्रदेशले नाम र केन्द्रको विषयमा ढिलै गर्‍यो राम्रै गर्‍यो भन्ने बनाउन आफूहरु लागिपरेको बताए ।

प्रेस संगठन नेपालले मंगलबार अर्घाखाँचीमा पत्रकार सम्मेलनमा बोल्दै मुख्य मन्त्री पोख्रेलले भने, ‘स्वभाविक रुपमा यो वर्ष टुग्याउँछौं भनेका छौं । किनकी हामी एउटा विधि प्रक्रियाबाट अगाडी बढ्ने प्रयास गरेका छौं । हामीले प्रदेश सभामा एउटा समिति बनाएका छौ समितिले चाहि जिल्ला जिल्लामा गएर सुझाब संकलन गर्ने तयस्को रिपोर्ट संकलन गर्ने काम सकिसकेको छ । त्यसपछि विज्ञको टिमले काम गर्दैछ । विज्ञको रिर्पोट आइसकेपछि दुबै रिपोर्टलाइ एकिकृत गरी प्रस्ताव प्रस्तुत गर्छौं । प्रदेश सभामा प्रस्तुत गरेर त्यसबाट टुंगाउन्छौं।’

संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको बताए ।

संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमी आएको छ । उनले भने,’ संघीयता जनताको लागि ल्याएको हो । विकासका काममा जनताको खर्च घटेको छ। त्यही नै संघीयताको मुल मर्म हो।’

प्रदेश पाँच सरकार कानुन निर्माणमा सबै प्रदेशभन्दा अगाडी रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताए । उनले विकास निर्माण र समृद्धिको दिसामा सरकार अगाडी बढेको बताए ।

दुई तिहाइको नेकपाको सरकार अधिनायकवाद छ भन्नेहरु पनि धेरै रहेको बताउँदै मुख्य मन्त्री पोख्रेलले नेकपा संविधानलाई मान्ने लोकतान्त्रिक जनआन्दोलनबाट अगाडी बढेको पार्टी भएकाले पाँच वर्षमा निर्वाचन गराएरै छाडने दाबी गरे ।

राजनीति जेजस्तो भएपनि विकास र समृद्धिमा सहकार्य सबै दलहरु बीच हुनुपर्ने बताए । अर्घाखाँची सँगसँगै प्रदेश पाँच सरकारकै गौरवको आयोजना हुनेगरी नौ मुरे जल विद्युत आयोजनाको काम अगाडी बढाउन आफूहरुले पहल थालेको बताए ।

केन्द्र सरकारसँग सहयोग मागेर प्रदेश सरकारले काम गर्न चाहेको बताउँदै काम गर्न केही समय लाग्नु बताए।

 

 
 
  
 

You may also like