बुटवलमा सुरु ” जथाभावी नथुकौं ” अभियान

by समतल अनलाइन

बुटवल । बुटवलमा नथुकौं’ अभियान सुरु भएको छ । रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालको अभियानमा शनिबार बुटवलको ट्राफिक चोकबाट शुभारम्भ गरिएको छ ।

अभियानको सुभारम्भ गर्दै बुटवल उपमहानगरपालिका वडा नं। ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले अभियान निकै सान्दर्भिक भएको बताउँदै यसलाई सफल बनाउन नगरपालिका सहकार्य गर्न सदैव तत्पर रहेको स्पष्ट पार्नुभयो ।

थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लवका संस्थापक अध्यक्ष डा। सन्तोष पोखरेलले बताउनुभयो ।जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउने उहाको भनाइ छ ।

युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोगहरु थुककैं कारण फैलिने गरेका छन् ।

एक सय वर्ष अघि युरोपमा स्पेनिश फ्लुको  महामारी फैलिँदा गाडी र टोल टोलमा जथाभाबी नथुकौ,  थुकले मृत्यु फैलाउछ ।” भन्ने सूचना टाँस गरिएको थियो । त्यसयता यूरोपतिर कसैले पनि बाटो, पार्कलगायतका सार्वजनिक स्थानमा थुक्दैनन् । तोकिएको ठाउँमा मात्र थुक्ने गरिन्छ ।

त्यहाँ जथाभावी थुक्न नहुने विषय मानव सभ्यता, आनीबानी र व्यवहारसँग जोडिएको छ । नेपाली जनमानसमा समेत यो विषयमा सचेतना बढाउन अभियान सुरु गर्नुपरेको डा। पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार यो अभियानलाई स्कुल, कलेज हुँदै सबैतिर सञ्चालन गरिनेछ । ‘अब आजैबाट हामी सबैले जथाभाबी नथुक्ने प्रण गरौं ।’ उहाँ भन्नुहुन्छ, ‘यसो हुँदा मृत्यु फैलिनबाट रोकिन्छ ।’ कोरोना रोग समेत थुकबाटैं सर्ने भएकोले अहिलेको अवस्थामा यो अभियान सान्दर्भिक भएको उहाँको भनाइ छ ।

कार्यक्रममा रोटरीका एजी राजकुमार गुप्ता, क्लव सचिव इन्जु ज्ञवाली, अप्सरा नेपाललगायतले अभियानको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रीड नेपालमा चिकित्सक र उनीहरुका श्रीमान÷श्रीमतीहरु आवद्ध छन् । ५० जना सदस्यमध्ये ३७ जना चिकित्सक छन् ।

 
 
  
 

You may also like