तिलोत्तमा बि लेभल ब्याडमिन्टन सम्पन्न

by समतल अनलाइन

बुटवल ।तिलोत्तमाा नगरमा सम्पन्न खुल्ला बि लेभल ब्याडमिन्टनको उपाधि कुमार ठकुरी र जनक थापाको जोडीले हात पारेका छन ।

फाईनलमा नबिन गुरुङ र रुक बहादुर थापाको जोडीलाई पराजित गर्दै ठकुरी र थापाको जोडीले उपाधि चुमेका हुन ।

उपाधिसंगै जोडीले नगद २१ हजार १ सय ११ रुपैया, शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन । उपविजेता टिम ११ हजार १ सय ११ रुपैया नगदसहित शिल्ड, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । समाजसेवी तथा स्व किरण गुरुङको स्मृतिमा नवज्योति युवा क्लबको आयोजनामा प्रथम एनजेवाईसि खुल्ला बि लेभल ब्याडमिन्टन प्रतियोगिता २०७७ शुक्रबारदेखि शुरु भएको हो । प्रतियोगितामा गैडहवाका अनिल बिक र लक्ष्मण राना तथा रन बहादुर सारु र लक्ष्मण गुरुङ तृतित हुदै ५ हजार १ सय ११ रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन ।

प्रतियोगितामा बुटवलका १८ वर्षिय किरण थापा उदयमान खेलाडी तथा गैडहवाका लक्ष्मण राना उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन । प्रतियोगितामा ६३ वटा टिमले भाग लिएको संयोजक प्रेम कुमार केसीले बताए ।

प्रतियोगिता विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लिला गिरी, क्लबका अध्यक्ष दिपेश कंडेल, सचिव सागर भट्टराईले वितरण गरेका थिए । स्वस्थ्यका लागि ब्याडमिन्टन खेल उपयुक्त भएको भन्दै पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोग गर्ने समेत आश्वासन दिए ।

 
 
  
 

You may also like