बिद्यालयलाई न्यानो कपडा बितरण

by समतल अनलाइन

बुटवल ।गुल्मी भन्ज्यांग स्थित श्री जानकी प्राथमिक बिद्यालयमा अध्ययनरत सम्पूर्ण छात्रछात्राहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

रिमुवा रुपन्देही सम्पर्क समाज तथा सहकार्य समूहको संयुक्त आयोजनामा सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाहरुले एक कार्यक्रम बिच संस्थाका अध्यक्ष मतिराज पौडेल, वडाअध्यक्ष गिरि प्रसाद सिङ्जाली, संस्थाका सचिव बिष्णु गौतम, समाजका कोषाध्यक्ष दुर्गा प्रसाद पौडेलले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अमृत बुचा, प्रधानाध्यापक चिरञ्जीवी पौडेललाई ४० हजार बराबरको ५० सेट न्यानो कपडा (ट्रयाक् शूट ) हस्तान्तरण गरेका हुन।

कार्यक्रममा वडाअध्यक्ष गिरि प्रसाद सिङ्जालीले समाज परिवर्तनमा संघसंस्थाहरुको भुमिका महत्त्वपूर्ण रहेको बताए। यसैबिच विद्यालयका ब्यवस्थापन समितिबाट संस्थाहरुलाई प्रसंशापत्रबाट सम्मान गरिएको थियो।.

संस्थाका अध्यक्ष मतिराज पौडेलले भौतिक पुर्वाधार विकासमा धेरै काम भएपनि शैक्षिक र स्वस्थ्यको क्षेत्रमा धेरै काम हुन बाकि रहेको उनले बताए ।

 
 
  
 

You may also like