रुपन्देहीको शंकरनगरमा सवारी दुर्घटना हुँदा २ जना घाइते

by समतल अनलाइन

बुटवल ।रुपन्देहीको शंकरनगरमा सवारी दुर्घटना भएको छ । शंकरनगर चोक नजिकै फुटपाथमा रोकिराखेको प्र ०३-०१०२४ च ४०२६ नम्बरको कारलाई भैरहवा तिर बाट बुटवल आउँदै गरेको लु ५३ प ३३५७ नम्बरको स्कुटरले ठक्कर दिदा दुर्घटना भएको छ ।

दुर्घटनामा परी स्कुटरमा सवार बर्दघाट स्थाही घर भई हाल बुटवल बस्दै आएका ३८ बर्षिय चालक मनोज आले र पछाडि सवार ४० बर्षिय हरि सापकोटा घाइते भएका छन् ।

दुवै जनाको हात र खुट्टामा गम्भीर चोट लागेको छ । दुवैजनालाई उपचारको लागि मणिग्राम स्थित क्रिमसन अस्पताल लगिएको छ

 
 
  
 

You may also like