बेलायतको नयाँ कोरोना कति खतरनाक, के खोपले काम गर्छ ?

by समतल अनलाइन

काठमाडौँ । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट मतलब भिन्न प्रकारको भाइरसबाट थुप्रै मानिस बिरामी भएका छन् ।जसको कारण एक दिनमा सबै भन्दा धेरै कोरोना संक्रमण हुने नयाँ रेकर्ड गरिएको छ । त्यसपछि बेलायतमा थुप्रै राष्ट्रहरुले आवतजावतमा प्रतिबन्ध लगाएका छन् ।

बेलायत सरकारले यस नयाँ प्रकारलाई पहिला भेटिएको भेरियन्ट भन्दा अधिक संक्रामक रहेको बताएको छ । वास्तवमा भाइरसले सधैं आफ्नो स्वरुप परिवर्तन गरिरहन्छन् मतलब भाइरस सधैं म्युटेट गर्दछन् त्यसैले यसको व्यवहारमा वैज्ञानिक सधैं निरीक्षण गर्दछन् ।

यस भाइरसले किन तनाव बढ्दै छ ?

भाइरसको तीन विशेषताको कारण यसले सबैको ध्यानाकर्षण गरेको छ । यो तिब्र गतिमा भाइरसको अन्य प्रकारहरुको ठाउँ लिइरहेको छ ।

यस भाइरस, त्यस भागमा परिवर्तन भइरहेको छ जुन निकै महत्वपूर्ण हुन्छ । केहि म्यूटेशन्सलाई ल्याबोरेटरीमा अध्ययन गर्दा नयाँ भाइरस मानिसको शरीरमा संक्रमित हुने क्षमता बढ्दै गइरहेको छ ।

यसको मतलब भाइरसको यस भेरियन्ट पहिला भन्दा उच्च गतिमा फैलिन सक्छ तर यसको बारेमा अझै अध्ययन भइरहेको छ ।

भाइरसको नयाँ प्रकार निकै सामान्य मानिन्छ यदि यो सहि स्थानमा सहि समयमा पुग्न सफल भयो भने लण्डनमा जस्तै हुनेछ । लण्डनमा अहिले सम्म यति कडा प्रतिबन्ध लागु गरिएको थिएन ।

कोविड-१९ जीनोमिक्स यूके कन्सोर्टियमका प्राध्यापक निक लोमन भन्छन्, “ल्याब टेस्टको अनुसार यस कुरा सत्य हो तर केहि नतिजा आउनको लागि हप्ता वा महिना कुर्नपर्ने हुन्छ, तर अहिले प्रतिक्षा गर्ने समय छैन। ”

कोरोनाको यस नयाँ प्रकारको बारेमा सेप्टेम्बरमा जानकारी सार्वजनिक भएको थियो । नोभेम्बरमा लण्डनमा कोरोना संक्रमणको एक चौथाई मामिला यहि भाइरसको कारणले भएको थियो । तर डिसेम्बरको मध्यसम्म दुईतिहाई मामिलामा संक्रमणको कारण यहि भेरियन्ट थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शनिवार भाइरसको नयाँ भेरियन्टको बारेमा भनेका थिए, “अहिले केहि प्रमाण छैन तर यो कोभिड-१९ रोगको कारण बनेको छ र पहिलाको तुलनामा ७० प्रतिशत संक्रामक छ। ”

पछिल्लो शुक्रवार लण्डनको इम्पेरीयल कलेजका डाक्टर एरिक वोल्जले, यस भाइरस ७० प्रतिशत संक्रामक भएको तथ्य सार्वजनिक गरेका थिए ।

उनले भने, “अहिले केहि भन्न हतार गर्नु हुँदैन तर अहिलेसम्म हामीले जे पत्ता लगाएका छौं त्यस अनुसार, यस भाइरसको नयाँ प्रकार पहिलाको भन्दा तिब्र गतिमा फैलिरहेको छ र अहिले यसमा निरीक्षण भइरहेको छ। ”

कहाँ-कहाँ फैलिरहेको छ नयाँ प्रकारको भाइरस ?

कोरोना भाइरसको नयाँ प्रकार, बेलायतमा कुनै रोगको कारण आएको अनुमान गरिएको छ वा कुनै अन्य देशबाट आएको हो जुन देशमा म्युटेशनको बारेमा अध्ययन गर्ने कुनै सुविधा छैन ।

यस भेरियन्ट अर्थात् नयाँ प्रकारको भाइरस उत्तरी आयरल्याण्ड बाहेक पुरै बेलायतमा फैलिरहेको छ भने लण्डन, दक्षिण-पूर्वी बेलायत र पूर्वी वेलायतमा यसको अधिक संक्रमण पाइएको छ ।

विश्वमा भाइरसको जेनेटिक कोडमा निरिक्षण गर्ने संस्था नेक्स्टस्ट्रेनको तथायंक अनुसार, डेनमार्क र अष्ट्रेलियामा पनि यस नयाँ भाइरस भेटिएको छ तर त्यहाँ बेलायतबाट फर्किएका मानिसबाट संक्रमण भएको हो ।

नेदरल्याण्डमा पनि भाइरसको केहि संक्रमण भेटिएको छ । दक्षिण अफ्रीकामा पनि यससंग मिल्दोजुल्दो एक भाइरसको प्रकार भेटिएको छ तर यसको बेलायतमा भेटिएको भाइरस संग कुनै सम्बन्ध छैन ।

के यो पहिला पनि भइसकेको छ ?

यस भाइरस चीनको वुहानमा भेटिएको कोरोना भाइरस र विश्वमा भेटिएको भाइरस भन्दा भिन्न छ ।

डी६१४जी प्रकारको यस भाइरस फेब्रुअरीमा युरोपमा भेटिएको थियो र अहिले विश्वमा संक्रमण भएको प्राय भाइरस पनि यहि प्रकारको छ ।

ए२२२भी अर्को प्रकारको भाइरस थियो जुन युरोपमा नै भेटिएको थियो र यस भाइरस ती मानिसहरुबाट फैलियो जो स्पेनमा गर्मीको छुट्टि मनाउन गएका थिए ।

अहिले बेलायतमा भेटिएको भाइरस यी दुई प्रकारको भाइरस भन्दा भिन्न छ ।

यसको सबै भन्दा ठुलो कारण भनेको, भाइरस कुनै यस्तो रोगी शरीरमा परिवर्तन भयो जसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर थियो र जसले भाइरसलाई मर्न असफल भयो । यस्तो रोगीको शरीरमा कोरोना भाइरस निकै बलियो भएर आफ्नो स्वरूप परिवर्तन गर्यो ।

के अब यसबाट संक्रमण झन् खतरनाक हुनेछ?

अहिले यसको बारेमा कुनै प्रमाण भेटिएको छैन तर यस भाइरसमा निरीक्षण भइरहेको छ । तर यसले स्थिति निकै खराब हुने र संक्रमण बढ्दै गए अस्पतालमा दवाव बढ्दै जानेछ र संक्रमितको संख्या झन् बढ्नेछ।

बेलायतमा अहिले उपलब्ध भएको तीन खोपले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।

यस्तो अवस्थामा खोप लगाएका मानिसको शरीरको रोगप्रतिरोधात्मक क्षमताले भाइरसलाई आक्रमण गरेर मार्नेछ ।

तर क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक रवि गुप्ता भन्छन्, ” यदि यस भाइरसलाई म्युटेट हुन दिइयो भने यो निकै चिन्ताजनक बन्दै जानेछ। ”

उनले भने, ” भाइरस खोपबाट बच्ने तयारीमा छ र यो त्यस दिशामा निकै अगाडी बढिरहेको छ। ”

वास्तवमा भाइरस खोपबाट बच्नको लागि आफ्नो रुप परिवर्तन गर्दछन् जसको कारण खोप पूर्णरुपमा प्रभावकारी हुँदैन र भाइरस मानिसलाई संक्रमित गरिरहन्छ ।

त्यसैले अहिलेको स्थिति निकै चिन्ताजनक बनेको छ ।

बेलायतको ग्लास्गो युनिभर्सिटीका प्राध्यापक डेविड रोबर्टसनले पछिल्लो शुक्रबार भने, “हुनसक्छ कि भाइरसले यस्तो म्युटेन्ट बनाउन सक्छ जुन खोप बाट बच्न सफल हुनेछ ।

यदि यस्तो भयो भने पुन स्थिति फ्लु जस्तै हुनेछ जहाँ खोपलाई नियमित रुपमा अपडेट गर्नुपर्ने हुन्छ । अहले उपलब्ध भएको सबै खोपमा सजिलै परिवर्तन गर्न मिल्छ ।”

डब्ल्युएचओको अनुसार यो अनियन्त्रित छैन

बेलायतमा भेटिएको नयाँ भाइरसको कारण विश्वका थुप्रै देशहरुले बेलायतमा यात्रा प्रतिबन्ध लगाएका छन् । करिब ४० भन्दा धेरै देशले बेलायतबाट कोहि मानिस वा यातयातका साधन आउनबाट रोक लगाएका छन् ।

यसै बीच युरोपेली संघले एक साझा नियम (कमन पोलिसी) बनाउने विषयमा छलफल गर्दै छ ।

डेनमार्कमा भेरियन्टबाट संक्रमण भएको पाइएको कारण स्वीडेनले डेनमार्कलाई यात्रा प्रतिबन्ध लगाएको छ ।

एकतर्फ बेलायतमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सुची बढ्दै गइरहेको छ भने अर्को तर्फ विश्वस्वास्थ्य संगठनले यस नयाँ प्रकारको भाइरस भेटिनु सामान्य कुरा रहेको र यो अनियन्त्रित नभएको बताएको छ ।

डब्ल्युएचओ इमरजेन्सी चीफ माइक रायनले महामारीको समयमा नयाँ स्ट्रेन भेटिनु सामान्य रहेको र यो “अनियन्त्रित” नरहेको बताएका छन् तर शुक्रवार बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले यस नयाँ प्रकारको लागि ” अनियन्त्रित” शब्द प्रयोग गरेका थिए ।

थुप्रै देशहरुले दक्षिण अफ्रीकाबाट आउने मानिसमा पनि प्रतिबन्ध लगाएका छन् ।

युरोपमा के भइरहेको छ ?

फ्रान्सले बेलायतबाट आउने सबै यात्रीको साथै सामानमा पनि रोक लगाएको छ जसको कारण डोवर स्थित दक्षिण बेलायतको बन्दरगाहमा थुप्रै सामान फसेको छ ।

बेलायती प्रधानमन्त्रीले, व्यापार पुन सुचारु गर्न फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन संग वार्ता भइरहेको बताएका छन् ।

फ्रान्सका यातायात मन्त्री क्लेमेन्ट बेयुनले फ्रान्सले मंगलबार सम्ममा पछिल्लो ४८ घण्टामा लगाएको प्रतिबन्धमा के गर्ने भन्ने विषयमा निर्णय हुने बताएका छन् ।

ब्रसेल्समा अधिकारीहरु युरोपेली संघका २७ सदस्य मिलेर के निर्णय गर्नेछन् भन्ने विषयमा चर्चा गर्दै छन्।

सोमबार युरोपेली संघले फाइजर/बायोएनटेक कोरोना खोपलाई अनुमति दिएको छ ।

बाँकी विश्वमा के हुँदै छ ?

भारत, ईरान र क्यानडाले पनि बेलायतबाट आउने सबै यात्रीलाई प्रतिबन्ध लगाएका छन् ।

अमेरिकाले अहिलेसम्म कुनै निर्णय गरेको छैन तर दुईवटा एयरलाइन, ब्रिटिश एयरवेज र डेल्टाले परिक्षणमा नेगेटिभ आएका यात्रीलाई मात्र उडान भर्ने निर्णय गरको छ ।

 
 
  
 

You may also like