नमस्ते नेपालद्वारा टिम बिल्डिङ तालिम

by समतल अनलाइन

बुटवल । नमस्ते नेपाल,रुपन्देहीको कार्यसमितिका सदस्यहरुका लागि आयोजित एक दिवसीय टीम बिल्डिङ्ग तालिम शनिवार तिलोत्तमामा सम्पन्न भयो । तालिममा नमस्ते नेपालका कार्यसमितिका सदस्यहरुको सार्थक सहभागिता रहेको थियो । तालिमको सहजकीरण गर्दै सामाजिक अभियन्ता दलबहादुर गुरुङले सामाजिक संस्थाहरुमा टीम बिल्डिङ्ग,यसका लागि आवश्यक तत्वहरु,टीम परिचालन एवम् गतिशीलता र वार्षिक कार्ययोजना निर्माण र कार्यान्वयनका सन्दर्भमा प्रकाश पारेका थिए । टीम बिल्डिङ्ग तालिमले संस्थामा क्रियाशील गराउन र दिशानिर्देश गर्न सजिलो हुने सहजकर्ता गुरुङले बताए ।

तालिममा नमस्ते नेपाल,रुपन्देहीका अध्यक्ष अर्जुन खरेलले आफ्नो संस्थाले युवाहरुको दायित्व वहन गरी अघि बढेको र त्यसका निम्ति आफ्नौ ज्ञान,सीप र क्षमताले जिल्लाकै नमूना संस्था बनाउने अभियानमा जुटिरहेको अवस्थामा टीम बिल्डिङ्ग तालिमले संस्था परिचालन र गतिशीलताका निम्ति थप मद्दत मिलेको बताए । आफूहरुमा काम गर्ने क्षमता,दक्षता भएपनि व्यवस्थित रुपमा सञ्चालन गर्ने र कार्ययोजनासहित अघि बढ्न सके संस्था बलियो र आत्मनिर्भर हुन सक्ने उल्लेख गरे ।

उक्त तालिममा नमस्ते नेपाल,रुपन्देहीकी शुभचिन्तक गीतारानी बलालले नमस्ते नेपाल युवाहरुको उत्कृष्ट संस्था रहेको र तिलोत्तलमा नगरपालिकाद्वारा पुरस्कृत संस्था समेत भएको हुँदा आगामी दिनमा उन्नत खालको संस्था बनाउनका निम्ति टिम बिल्डिङ्ग तालिमले सकारात्मक उत्प्रेरणा थप्ने बताइन् ।

तालिमबाट आफूहरुले नयाँ विषयवस्तुहरु सिक्ने अवसर प्राप्त गरेको र त्यसलाई नमस्ते नेपालमा प्रयोग गर्न प्रतिवद्ध रहेको संस्थाका उपाध्यक्ष मनीष भुसाल, सचिव निराजन खरेल,कोषाध्यक्ष सुशील सुवेदी,सदस्यहरु सोना पौडेल,जमुना क्षेत्री,सुबि लम्साल लगायतले बताए ।

 
 
  
 

You may also like