संसद विघटनको सिफारिस गणतन्त्रमाथि ओलीको ‘कू’ : प्रचण्ड

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सिफारिस गणतन्त्रमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कू’ भएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री ओलीले अचानक संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको कदम असंवैधानिक भएको बताएका हुन् ।

‘संसद विघटनको सिफारिस गरेर प्रधानमन्त्रीले संघीय गणतन्त्रमाथि ‘कू’ गर्नु भयो’, प्रचण्डको भनाइ उद्धृत गर्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सुनाए । उनले प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग भेट्न नमानेको र आफूहरु खुमलटार फर्किदै गरेको जनाकारी दिए ।

‘प्रधानमन्त्रीले अध्यक्ष ज्यूसँग भेट्न मान्नु भएन, हामी खुमलटार फर्कंदै छौं’, सापकोटाले भने । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्ट्रति समक्ष सिफरिस गर्ने निर्णग गरेको थियो । ओली अहिले संसद विघटनको सिफारिस लिएर शीतलनिवास पुगेका छन् ।

 
 
  
 

You may also like