प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

by समतल अनलाइन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरु भएको छ ।

संसद विघटनको सिफारिश गरेका प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।

प्रचण्ड आजै दोस्रो पटक बालुवाटार पुगेका हुन् । यस अघि आज बिहान मन्त्रिपरिषद बैठक बसिरहेका बेला बालुवाटार पुगेका प्रचण्ड ओलीलाई नभेटी फर्किएका थिए ।

बालुवाटार जानु अघि प्रचण्डले आफ्नै निवासमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालयका ने सदस्यहरुसँग छलफल गरेका थिए ।

प्रचण्ड निवासमा भएको छलफलमा प्रचण्ड र नेपाल समुह प्रधानमन्त्री ओलीको कदमविरुद्ध राजनीतिक र संबैधानिक कदम चल्ने निर्णय गरेका छन् ।

संसद विघटनको सिफारिश पछि आज १ बजेका लागि बोलाइएको नेकपाको स्थायी कमिटीको बैठक पनि अन्योलमा रहेको छ । स्थायी कमिटी सदस्यहरुपनि बलुवाटार जाने क्रम जारी रहेको छ ।

 
 
  
 

You may also like