काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रधामन्त्रीको कदमलाई राजनीतिक रुपले प्रतिवाद गर्ने बताएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न प्रस्ताव गरेको केही समयमा नै कांग्रेसले प्रधानमन्त्रीको कदम ओकतानित्रक भएको भन्दै त्यसको प्रतिवाद राजनीतिक रुपले गर्ने बताएको हो ।
कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन सबैमा आग्रह समेत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक ट्वीट गर्दै अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने चेतावनी दिएका छन् ।
‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हौं । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ’, प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन् ।