वैशाख २३ मा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद वैठक बेलाएर संसद विघटनको सिफारिस गर्ने प्रस्ताव ल्याएका थिए ।

यस्तै यसअघि पनि पार्टी र मन्त्रीहरुलाई जानकारी नै नदिई संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका थिए । पार्टीभित्रको विवादका कारण संकटमा रहेका प्रधानमन्त्री एवम सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमहरुको पार्टीभित्र र बाहिर सबैतिरबाट आलोचना हुँदै आएको छ ।

 
 
  
 

You may also like