भारतमा कोरोना खोप दिने तयारी तीव्र, यस्तो छ ११२ पृष्ठको ‘गाइडलाइन’

by समतल अनलाइन

नयाँदिल्ली। भारतमा कोरोना विरुद्ध खोप लगाउने अभियान सञ्चालन गर्ने तयारी तीव्र रूपमा भइरहेको छ ।

त्यसका लागि नेसनल एक्सपर्ट ग्रुप अन भ्याक्सिन एडमिनिस्ट्रेसन (एईजीभीएसी) ले निर्देशिका (गाइडलाइन) बनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार ११२ पृष्ठ लामो गाइडलाइनबारे स्वास्थ्य मन्त्रालयको टोलीले समीक्षा गरिरहेको छ । गाइडलाइनअनुसार हरेक चरणमा सय जनालाई मात्र खोप दिइनेछ । खोपको उपलब्धता तथा माग बढी भएका खण्डमा एक पटकमा २ सय जनासम्मलाई पनि दिन सकिने छ ।

राज्य तथा केन्द्र प्रशासित राज्यले आफ्नो क्षेत्रमा खोप लगाउने अभियान सुरु गर्ने मिति आफैंले तोक्न सक्ने छन् । भारतको केन्द्र सरकारले ६ देखि ८ महिनासम्ममा ३० करोड नागरिकलाई खोप लगाउने तयारी गरेको छ । त्यसका लागि ६० करोड खोप खरिद गरिने छ ।

एईजीभीएसका प्रमुख एवं नीति आयोगका सदस्य डा. बिके पालले खाप भण्डरणका लागि २ देखि ८ डिग्रीसम्मको तापक्रमको भण्डारस्थल व्यवस्था भइरहेको जानकारी दिएका छन् । उनका अनुसार चार किसिमका खोप सजिलै भण्डारण गर्न सकिने छ ।

जसमा सिरम इन्स्टिच्युट, भारत बायोटेक, जायडस र स्पुतनिकका खोप पर्छन् । सुरुमा देशमा अग्रपंक्तिमा काम गर्ने तथा कोरोनाको अति जोखिममा रहेका नागरिकलाई खोप दिइने भारत सरकारले जनाएको छ । एजेन्सी

 
 
  
 

You may also like