अन्तिम फाउन्डेसन नेपालको कार्यवाहक समिति गठन, फागुनमा अधिबेशन हुँदै,

by समतल अनलाइन

बुटवल।अन्तिम फाउन्डेसनले कार्यबाहक मुल समिति बनाएको छ । आज बसेको कार्यसमितिको बैठक अनुसार १३ सदस्यीय कार्यबहाक समिति बनाएको हो ।

फाउन्डेसनको मुल समितिमा केही पद रिक्त भएको हुदा अबको साधारण सभा तथा अधिबेशनसम्मको लागि कार्यबहाक समिति गठन गरेको हो । फाउन्डेसनको साधारणसभा तथा अधिबेशनको समय पनि तोकेको छ । माघ ३० गते र फागुन १ गते दुईसम्म साधारणसभा र अधिवेशन गर्ने भएको अध्यक्ष सुजन परियारले जानकारी दिए ।

शनिबार गठित कार्यवहाक समितिको अध्यक्षमा सुजन परियार,उपाध्यक्षमा दीपक पाण्डे, सचिवमा राज पाण्डे, सहसचिवमा विनोद विष्ट, कोषाध्यक्षमा बाबुराम परियार र सहकोषाध्यक्षमा जुना मगरलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा निरु प्रटेल, ज्ञानेश्वर शहानी, सुरज नपाली, वालगोविन्द सहानी, लभकुमार बस्नेत, जनकराज पौडेल र श्यामबहादुर बोहोरालाई चयन गरेको हो ।

अन्तिम फाउन्डेसनको प्रेस संयोजकमा विष्ट चयन
अन्तिम फाउन्डेसन नेपालको प्रेस संयोजकमा विवश विष्ट चयन भएका छन । संस्थाका कार्यबहाक सदस्य तथा स्वतन्त्र पत्रकार संघ लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य विवश विष्ट प्रेस संयोजकमा चयन भएका हुन । पत्रकार विष्ट बुटवल दैनिक, लुम्बिनी खबर पत्रिका, दर्पण पोष्ट लगायतका मिडियामा आबद्ध छन ।

प्रेस उपसंयोजकमा सुरज श्रेष्ठ चयन भएको छ। त्यसैगरी अन्तिम फाउन्डेसनको दिर्घकालिन सोचका साथ अगाडि बढाएको निशुल्क शिक्षा अभियानका लागि संयोजकमा ज्ञानेश्वर शहानीलाई कार्यसमितिले चयन गरेको छ । अन्तिम फाउन्डेसनको सल्लाहकारमा सुशील पाण्डे र तेजलाल आचार्यलाई चयन गरेको छ ।

 
 
  
 

You may also like