सियारीमा प्लम्बर, हाते कढई र बिल्डिङ्ग इलेक्ट्रिसियन तालिम सम्पन्न

by समतल अनलाइन

सियारी । कञ्चनजंघा पोलिटेक्निक इस्टिच्युट, सियारी गाउँपालिका र संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको संयुक्त आयोजनामा विभिन्न सिप विकास तालिम सम्पन्न भएको छ । सिप विकास अन्तर्गत ३९० घन्टे हाते कढाई, सहायक पलम्बर र बिल्डिङ इलेक्ट्रिसियन तालिम सम्पन्न भएका हुन् । सोमबार सियारी गाउँपालिकामा आयोजना गरिएको एक कार्यक्रममा औपचारिक रुपमा सिप विकास तालिमहरु सम्पन्न भएको हो । ती तालिममा ३२ जनाले सहभागीता जनाएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले सिपको सदुपयोगका लागि गाउँपालिकाले रोजगार सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे । स्थानीय विकास निर्माणका कार्यक्रममा पनि सिप सिकेका व्यक्तिहरुलाई प्राथमिकताका साथ सहागिता गराउने उनको भनाइ थियो ।
सियारी गाउँपालिकाकि उप–प्रमुख अमृता गुरुङले राज्यले कृषि विकासमा विभिन्न माध्यमबाट युवाहरुलाई न्युन ब्याजमा बैकहरु सङ समन्वय गरि रिन उपलब्ध गराउने उनले बताइन् । त्यसले युवालाई स्वरोजगार बनाउने कुरा जनाए ।

सीप विकास तालिममा प्रशिक्षक दल बहादुर गुरुङले सीप विकास तालिमले युवाहरुलाई रोजगारको सृजना गरि क्षमता अभिवृद्धि गर्नमा टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शिक्षा प्रमुख सुधिर पौडेल, माधव पौडेल, कार्यक्रमका सभापती मिन रानालगायतले बोलेका थिए । त्यस्तै सहभागिका तर्फबाट महादेव चौधरी र सिल्पा मल्ल बोलेका थिए भने कार्यक्रमको सञ्चालन यसोधा थापाले गरेकी थिइन् । कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

 
 
  
 

You may also like