भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौँ।भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको हो ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ३७ हजार ३२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।

 
 
  
 

You may also like