भारतमा थप ४५ हजारमा संक्रमण

by समतल अनलाइन

काठमाडौँ।भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४५ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख ५८ हजार १४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ८१ हजार ७७० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५८७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ ।

 
 
  
 

You may also like