एनप्याब्सन रुपन्देहीद्वारा तिहार तथा छठ पर्व पछी भौतिक रुपमा कक्षाहरु संचालन गर्ने निर्णय

by समतल अनलाइन

बुटवल । राष्ट्रिय निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (एनप्याब्सन) रुपन्देहीले तिहार तथा छठ पर्व पश्चात भौतिक रुपमा कक्षाहरु संचालन गर्ने निर्णय गरेको छ ।
जिल्ला कार्यसमितिको बुधवार बसेको बैठकले कोरोना भाइरस संक्रमणको त्रासका कारण लामो समय देखि बन्दरहेका मातहतका सवै विद्यालयहरु भौतिक रुपमा नै संचालन गर्ने निर्णय गरेको हो ।
हाल कोरोना भाइरस संक्रमणको माहामारीबाट गुर्जिरहेको परिवेशमा शिक्षाक्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै शैक्षिकसत्र २०७७ नै धरापमा पार्न सक्ने खताराबाट बच्न विद्यालयहरु संचालनको विकल्प नरहेको एनप्यब्सन रुपन्देहीका कार्यबहाक अध्यक्ष बिर प्रसाद गुरुङ्गले बताए । ‘निर्णय कार्यन्वयनका लागि सरोकारवालाहरुसँग हामी समन्वय गर्छौँ । र भौतिक रुपमा नै कक्षाहरु संचालन गछौँ’, उनले भने, ‘अव पनि विद्यालयहरु संचालन गर्न सकिएन भने शैक्षिकसत्र नै धरापमा पर्ने खतरा बढ्दै गएको छ ।’
स्वास्थय सुरक्षाका सम्पूर्ण मापदण्ड अवलम्वन गरेर नै विद्यालयहरु संचालन गर्ने तयारी रहेको एनप्यब्सन रुपन्देहीका सचिव बाबुराम बन्जाडेले बताए । ‘जनस्वास्थय सुरक्षाका सम्पूर्ण सावधानी अपनायर विद्यालय संचालन गर्नुपर्ने अवस्यकता देखियो । स्थानीय पालिकाहरुसँग समन्वय गरी विद्यालयहरु संचालन हुन्छन् ।’ उनले भने ।
‘परिस्थितिमा अन्य क्षेत्रहरु संचालन हुन सुरु भैसक्दा समेत शिक्षा क्षेत्र सुचारु हुन सकेको छैन् । यसरी लामो समय सम्म शिक्षा क्षेत्र ठप्प हुँदा भविष्यका कर्णधार विद्यार्थीहरुमा दीगो असर देखा पर्ने निष्चित नै छ । विज्ञप्तीमा भनिएको छ, अव पनि विद्यालयहरु संचालन गर्न सकिएन भने शैक्षिकसत्र २०७७ नै धरापमा पर्ने खतरा बढ्दै गएको छ ।’
संक्रमणको जोखिम उच्च रहेको बखतमा संचालन भएका भर्चुअल कक्षाहरुले समेत शैक्षिकसत्र जोगाउन कठिन भएको एन प्याब्सनको ठहर छ ।

 
 
  
 

You may also like