आइटी पढेर मदिरा ब्यबसायमा जमेका हिमाल ः ब्यबसायको चुनौती बढ्दो देखेपछी ……..

by समतल अनलाइन

अर्घाखाँची । अर्घाखाचिमा जन्मिएका हिमाल भुषालले सायदै सोचेका थिएनन होला आफु मदिरा ब्यबसायमा यसरी जम्छु भनेर । आजभन्दा १३ बर्ष अगाडी आइटी पढ्दा पढ्दै ५ लाख बाट एम.एच ट्रेडस् सन्चालन गरेका उनी आज सफल मदिरा ब्यबसायीका रुपमा चिनिएका छन ।
बिभिन्न ब्रान्डका मदिराको थोक तथा होलसेल ब्यबसाय सगै हालचालै कालिकानगरको डेनोभो पथ नजिकै होटल हिमालयन याक समेत सन्चालनमा ल्याएका छन । तैपनी उनी दिन प्रतिदिन यो ब्यबसायमा चुनौती थपिइरहेको बताउछन ।
पहिलो जस्तो बजार अहिले छैन, भुषालले भने – पछिल्लो समय कोरोना कहरका कारण होटल ब्यबसायमा आएको मन्दिले पनी मदिराको ब्यबसाय घटाएको छ । ”
रुपन्देही मदिरा ब्यबसायी सघंको सदस्य हुदै हाल महासचिब समेत रहेका उनी लियो क्लब अफ बुटवलको अध्यक्ष समेत हुन । भाइ र परिवार मिलेर ब्यबसायलाइ निरन्तरता दिएका भुषालले छोटो समयमा मदिरामा कडा मेहेनतका सानो तिनो सफलता त पाएका छन् तर अबको यात्रा भने त्यती सहज पक्कै छैन । पहिलाको तुलनामा ब्यापार घट्दो छ , भुषालले फेरी भने –अन्तशुल्क बढीरहेको छ र राज्यले समेत यो ब्यबसायलाइ राम्रो नजरले हेर्ने गरेको पाइदैन । ”
धेरै ब्यबसायीहरु यो क्षेत्रबाट पलाएन भैसके अब आगामी दिन झनै कठिन छ , उनी भन्छन – त्यसैले बैकल्पिक ब्यबसायमा समेत हात हाल्नु परेको छ । ” भबिष्यमा यसै ब्यबसायलाइ समेत बढाउदै लैजाने सोच बनाएका उनले सोचेझै ब्यबसाय नरहेको र सामान्य २,३ प्रतीशतमा काम गर्नुपर्नै बाध्यता रहेको सुनाए । प्रस्तुती ः दिपक न्यौपाने

 
 
  
 

You may also like