सह-प्रध्यापकको दुर्घटनामा मृत्यु

by समतल अनलाइन

बुटवल । बुटवल बहुमुखी क्यापसका सह प्रध्यापक डा शिव पौडेलको दुर्घटनामा परी निधन भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्नेक्रममा दुर्घटनामा परी निधन भएको पारिवारिक श्रोतले बताएको छ ।
एकमहिना अघि बुटवल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको जिम्मेवारी पाएका पौडेल २२ बर्ष अघि देखि बुटवल बहुमुखी क्याम्पसका पढाउदै आएका थिए ।
बिहान करीव ७ः३० बजे तिर घर अगाडीको सडकमा स्कुटर सिक्दै गर्दा घरकै कम्पाउण्ड पर्खालमा ठोकिएका पौडेल गम्भिर घाईते भएपछि मणिग्राम स्थीत क्रिमसन अस्पतालमा लगिएको थियो ।
तिलोत्तमा नगरपालिका वडा नं १ निवासी डा. पौडेललाई उपचारका लागि अस्पताल पु¥याईएको भएपनि उनको उपचार सूरु हुन नपाउदै निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

 
 
  
 

You may also like