शिक्षणमा प्रविधिको प्रयोग : कसरी गर्ने स्मार्ट शिक्षण ?

by समतल अनलाइन

प्रकाश पाण्डे
काठमाडौँ । विद्यालयको कक्षाकोठामा पहिला सिलोट, त्यसपछि चकबोर्ड हुँदै अहिले इन्टरेक्टिभ स्मार्ट बोर्ड प्रयोग हुन थालेको छ । सूचना, संचार र प्रबिधिको क्षेत्रमा आएको क्रान्तिले कक्षाकोठाको सिकाईमा आमूल परिवर्तन आएको छ। अहिले कक्षाकोठामा सामाजिक सन्जाल, क्लास ब्लगिङ र विकिस, पोड्कास्टिङ इन्टेरेक्टिभ ह्वाइटबोर्ड र विभिन्न मोबाइलका साधनहरु (सेल,डिजीटल ,एन्ड्रोएड र स्मार्टफोन) जस्ता नयाँ प्रबिधिहरु प्रयोग हुन थालेका छ्न् । तथापि सुचना तथा संचार प्रबिधिको सिकाइमा उपयुक्त र बैज्ञानिक प्रयोग हुन् सकेको देखिदैन् । सहज पहुँच पुगेको छैन् । केही निजी र सम्पन्न सरकारी बिद्यालयमा मात्र प्रयोग भएको देखिन्छ ।

माइकल फूलानले स्ट्राटोस्फेयर नामक पुस्तकमा अर्थपूर्ण सिकाइका लागि प्रबिधि, न्यू पेडागोजी र परिवर्तित ज्ञानको योगलाई मानेका छ्न् । अहिलेको समयमा कक्षाकोठा प्रबिधि मैत्रीपूर्ण हुनु पहिलो शर्त हो भने शिक्षण सिकाइमा मेसिन, मेन, मेडिया मेथड, मेटेरियलस् जस्ता विभिन्न प्रविधिहरुको सान्दर्भिक प्रयोग हुनु बान्छनिय छ ।

सरकार र अन्य सघँसस्थाहरुले डिजिटल कक्षाको बिकासमा लगानी गर्न थालेका छ्न् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले कक्षा ९ र १० को विज्ञान एवं गणितका डिजिटल कक्षाहरू बनाइसकेको छ । शिक्षा मन्त्रालयले पनि यस्ता कक्षाहरू बनाउनुका साथै सामुदायिक विद्यालयसम्म त्यसको पहुँच विस्तार गर्न कार्यक्रम अघि बढाइसकेको छ । कतिपय ठाउँमा आइटी ल्याब मार्फत सम्बोधन गरिदैछ । पाठयक्रम विकास केन्द्रले तयार पारेको कक्षा १ देखि १० सम्मको पाठयक्रम, पाठयपुस्तक र ‘टिचर गाइड’ समेत मोबाइल एपमै पाइन्छ । प्रदेश एकले केही बर्षमा पेपरलेस बिद्यालय बनाउने हिसावमा प्रबिधिको क्षेत्रमा अगाडी बढ्ने घोषणा गरेको छ ।

                                                                                 

घरमा वा बिद्यालयमा इन्टरनेट र स्मार्ट डिभाइस हुनेले अहिले अनलाइन पुस्तकालय नेपालको वेबसाइट ‘ओलेनेपालडटओआरजी’ बाट सरकारले स्वीकृत गरेको पाठयक्रमका सामग्री अध्ययन गर्न सक्छन् । ई

                                                                                                                                                   

                                                                                      लेखक : प्रकाश पाण्डे

पुस्तकालय एप्स डाउनलोड गर्न सक्छ्न् । जहाँ बालबालिकालाई आकर्षित गर्न एनिमेसनसमेत गरेर विकास गरिएका सामग्री हेर्न र पढ्न पाइन्छ । यसमा कक्षा २ देखि ८ सम्मको पाठ्यक्रमअनुसारका सामग्री राखिएका छ्न् । यसबाट भिडियो, गेम,सिकाइका एप्स र रमाइला अभ्यास गर्दै विद्यार्थीले ज्ञान हासिल गर्न सक्छन् ।

शिक्षा क्षेत्रमा विद्यालयले एप्स बनाउनेदेखि ‘स्मार्ट क्लास रुम’ बनाउने र सरकार एवं निजी क्षेत्रले डिजिटल कक्षा निर्माण गर्नमा मात्र सूचना प्रविधिको प्रयोग त सीमित छैन । हुनपनी अहिले सबैभन्दा ठूलो चुनौती र अवसर शिक्षकलाई छ त्यो हो कक्षा कोठामा प्रबिधिको प्रयोग । गरौँ आउदैन, नगरौँ धरै छैन् । तर शिक्षकहरु पनि कम छैनन् । शिक्षकहरूले आफ्नै क्षमताको मापन गर्ने आधारका रूपमा समेत सूचना प्रविधिलाई प्रयोग गर्न थालेका छन् । त्यसैको एउटा उदाहरण प्रबिधी शिक्षक समाजले देश भरिका बिद्यालयमा अग्रगामी सिकाइ प्रबिधि भित्र्याएर दिन खोज्दैछ् ।

बिद्यालयका कक्षाकोठामा नयाँ प्रबिधिको प्रयोग गरि शिक्षण गर्न तपशिलका कुराहरूमा ध्यान दिनुपर्छ:

१. शिक्षक शिक्षणको लागि तयारी:

अबको शिक्षक सूचना तथा संचार प्रबिधिमा पूर्ण जानकार र अद्यावधिक भएको हुनुपर्छ । कक्षाकोठामा सिकाइका नयाँ प्रबिधिहरु प्रयोगको ज्ञान, धारणा र सीप हुनुपर्छ । प्रबिधि प्रयोगको इच्छाशक्ति र पूर्णबिश्वास हुनुपर्छ । यसको लागि तत्परता र जोस चाहिन्छ।प्रबिधि प्रयोगको तालिम हरेक शिक्षकले लिएर आफूलाई अब्बल बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्छ । यसको लागि तीनै तहको सरकार र बिद्यालयले मद्धत गर्नुपर्छ । स्मार्ट डिभाइसको प्रयोग गर्ने तरिका, पावर प्वाइन्ट निर्माण, चित्र भिडियो निर्माण, स्मार्ट पाठयोजना निर्माण गर्न सिकाउनु पर्छ । सिक्नुपर्छ । नत्र यदि बेला बेला भरिएन भने एउटा घडाबाट त्यति नै पानी मात्र आउँछ जति छ ।

२. कक्षा कोठाको तयारी:

कक्षाकोठा प्रबिधिमैत्री बनाउनु पर्दछ । जसको लागि कोठाको साइज, डेक्स बेन्च, कार्पेट, पङ्खा, वैद्युत, उच्च गतिको इन्टरनेट जडान, प्रकाश तथा संवातनको ब्यबस्था र हावाको अवस्था राम्रो हुनुपर्छ । इन्टरेक्टिभ स्मार्ट बोर्ड, एलइडी टिभि प्रोजेक्टर, साउण्ड सिस्टम, स्मार्ट डिभाइसेसहरुको उचित ब्यबस्थापन गर्नुपर्छ । यस्ता साधनहरुले कक्षालाई डिजिटल मात्र होइन स्मार्ट बनाउनु पर्छ ।

३. स्मार्ट पाठयोजनाको निर्माण र प्रयोग:

नेपाल सरकारको शिक्षा मन्त्रालय ,बिभाग र पाठ्यक्रम बिकास केन्द्रले निर्माण गरेको बिद्यालय शिक्षाको डिजिटल र स्मार्ट सामाग्रीहरुको आधारमा सिकाइको लागि स्मार्ट पाठयोजना बनाउनु पर्छ । स्मार्ट बोर्ड, स्मार्ट मोबाइल, ट्याव र ल्यापटपमा चल्ने बिद्यालय शिक्षा सम्बन्धि सिकाइको एप्सहरु, स्टाटर, ई लर्निङ, मिदास इ क्लासका एप्स, सिडिसि नेपाल एप्स, गेमहरु, पाठ सम्बन्धित कथा, कविता र नाटकको भिजुअलाइजेसनहरु समाबेश गरि योजना निर्माण गर्नुपर्छ । पावर प्वाइन्ट ,एनिमेटेड भिडियो, स्लाइड निर्माण, फिल्म निर्माण, डकुमेन्ट्री निर्माण गरि भिजुअल, शिक्षण विधि र शैली समेटी स्मार्ट पाठयोजना निर्माण र प्रयोग गर्ने योजना शिक्षक आफैले बनाउँनुपर्छ ।

४.वास्तविक शिक्षण संचालन :

सिकाइका लागि निर्माण गरिएको स्मार्ट योजना यस चरणमा कार्यान्वयन गर्नुपर्छ। बालकको रुचि अनुसारको डिभाइस र शैली अनुसारको सामग्री छनोट गरी प्रभावकारी र आकर्षक तरिकाले शिक्षण गर्नुपर्छ । इन्टरेक्टिभ स्मार्ट डिभाइस तथा अन्य सिकाइका साधनहरुको विवेकपूर्ण ढङ्गले प्रयोग गर्नुपर्छ । विद्यार्थीहरुलाई सिकाइमा सक्रिय सहभागी गराउदै आधुनिक र बैज्ञानिक तरिकाले प्रबिधिमैत्री शिक्षण गर्नुपर्छ ।

५.कक्षाकोठामा नयाँ शिक्षण सामग्रीको प्रयोग :

इन्टर्याक्टिभ स्मार्ट बोर्डको सिकाइमा प्रयोग:

कक्षाकोठामा अब इन्टरयाक्टिभ स्मार्ट बोर्ड हुनु अनिवार्य भएको छ।किनकि अब आधुनिक खालको शिक्षण सिकाइ यसबाट गर्न सकिन्छ । यसको प्रयोग कक्षाकोठामा विद्यार्थीसँग सुचनाहरु अन्तरक्रिया र साझा गर्न, संचार र जोड्न, टच स्क्रिनको प्रयोग गरि चाहेको पाउन, अनलाइन ईन्टरनेट कनेक्सन गरी चित्र, भिडियो र फिल्म हेर्न, वातावरणिय हिसावले हरियाली बनाउन तथा पाठको भिजुअलाइज गर्न सकिन्छ । शिक्षण डकुमेन्ट चित्र,भिडियो, स्लाइड, फोल्डर बनाएर सेभ गर्न, पछि आवश्यक परेको बेला प्रयोग गर्न, आवश्यक कुरा लेख्न, चित्र बनाउन, पाठ्यक्रम पाठ्यपुस्तक र शिक्षक गाइडहरु डाउनलोड गरि सेभ गर्न, गेम खेल्न, विद्यार्थीहरुको परीक्षा लिन, नोट लेख्न, मस्तिष्क मन्थन गर्न र मिडिया प्रस्तुतीकरण जस्ता सबै खालका काम गर्न सकिन्छ । अब बोर्डमात्र स्मार्ट होइन शिक्षक र विद्यार्थी दुबै स्मार्ट हुनु पर्छ ।

एलइडी टिभीको सिकाइमा प्रयोग:

बजारमा विभिन्न ब्रान्ड र साइजका स्मार्ट ओएलइडी टिभीहरु पाइन्छ्न् । बिद्यालयका बालबालिकाहरुको कक्षामा यस्ता उपयुक्त साइजका टिभी राखी नेट जोडेर त्यसमार्फत शिक्षण गर्नु बान्छ्निय हुन्छ । नेटबाट यू ट्यूबमा राखिएका सामग्रीहरुको श्रब्य दृश्य सामाग्री भिडियोहरु, फिल्महरु तथा शिक्षकले बनाएको भिडियो या शिक्षण सामग्रीहरु मेमोरी कार्ड, पेन ड्राइभबाट जोडि प्रदर्सन गरेर मनोरञ्जनात्म तरिकाले भिजुअल कथा, कविता, नाटक, क्यारिकेचर देखाएर गर्न लगाएर रेकर्ड गरेर सिकाउनु पर्छ । भिजुअल लरनरहरुको लागि सिकाइको लागि यो उत्तम साधन हो ।

ओएचपीको सिकाइमा प्रयोग:

यो अलि पुरानो साधन भएपनी हाम्रो जस्तो ठुला साइजका कक्षाहरुमा ज्यादै प्रभावकारी हुन्छ ।

ल्याप टपसगं ओएचपी जोडेर भित्तामा पाठ्यपुस्तक वा भिडियो वा शिक्षण सामग्रीको प्रदर्शन गर्न सकिन्छ । नेपाल सरकार शिक्षा तथा प्राविधि मन्त्रालय, बिभाग र पाठ्यक्रम बिकास केन्द्रले बनाएका एजुकेसनल सफ्टवेयरहरु, शिक्षण सामग्रीहरु र विभिन्न संघसंस्थाहरुले बनाएका शिक्षा सम्बन्धि सामग्रीहरु र शिक्षक स्वयंले बनाएका शिक्षण सामग्रीहरु प्रदर्शन गरेर शिक्षण गर्न सकिन्छ । अनलाइन मार्फत गुगल, यू ट्यूबका सामग्रीहरु देखाउन सकिन्छ । त्यति मात्र होइन शिक्षकले बनाएका सिकाइ कार्यकलापहरुको डकुमेन्ट, एनिमेटेड भिडियो, स्लाइडहरु र पावर प्वाइन्टहरु समेत देखाउन सकिन्छ । र बिषयबस्तुको अन्तरक्रिया छलफल र निष्कर्ष निकाल्न सकिन्छ । बजारबाट मिदासका ‘ई–क्लास’ किनेर अडियो, भिडियो र एनिमेसनका माध्यमबाट विद्यार्थीलाई यस मार्फत नयाँ ज्ञान हासिल गराउन सकिन्छ ।

मोबाइल फोनको सिकाइमा प्रयोग:

मोबाइल सबैभन्दा सर्बसुलभ र सजिलै पहुँचमा हुने साधन हुनाले कक्षाकोठामा पनि सिकाइको लागि प्रयोग गर्न सकिन्छ । मोबाइलका विभिन्न प्रकार सेल, डिजीटल र स्मार्ट फोन छ्न् ।

सेल फोनको प्रयोग:

स्मार्ट फोन आउनुभन्दा अगाडीको फोन, टेक्स्ट, मेसेज, क्यामेरा, रेकडर आदि मात्रको सुबिधा भएको फोन सेल फोन हो यी सुबिधाहरु पनि सिकाइका लागि कक्षाकोठामा प्रयोग गर्न सकिन्छ ।

इबुक रिडरको प्रयोग:

इबुकमा डिजिटल किताब पढन्, डाउनलोड गर्न, सेभ गर्न र इ पुस्तकालय बनाउने र अध्ययन गर्न प्रयोग गर्न सकिन्छ ।

ट्याबलेट को प्रयोग:

ट्याबलेटका पनि शिक्षा सम्बन्धि एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । यसबाट इमेल गर्न हेर्न, भिडियो हेर्न र बनाउन, फोटो खिच्न र हेर्न, इडिट गर्न, टेक्स्ट् लेख्न, पढ्न, डिजिटल पुस्तक पढ्न् र सिकाइको मुल्यांकन गर्न समेत प्रयोग गर्न सकिन्छ ।

स्मार्टफोनको प्रयोग:

कक्षाकोठामा सिकाइका लागि यस्ता स्मार्ट्फोन मज्जाले प्रयोग गर्न सकिन्छ । यसमा इबुक डाउनलोड गर्न, हेर्न र पढ्न्, लेख्न, सम्पाद्न गर्न सकिन्छ । मोबाइल एप्लिकेसनहरु डाउनलोड गरी शब्दकोश हेर्न,खेल खेल्न, सिकाइको मुल्यांकन गर्न सकिन्छ । अडियो तथा भिडियो रेकर्ड गर्न, भिडियो हेर्न, फिल्म हेर्न, इमेल पठाउन, अनलाइन पढ्न पढाउन, भिडियो च्याट गर्न, सामाजिक संजाल चलाउन, सम्पर्क गर्न, हिसाब गर्न, प्रश्नउत्तर गर्न, गृहकार्य गर्न, क्लास वर्क गर्न, अन्तरक्रिया गर्न जस्ता थुप्रै कार्यहरुको लागि स्मार्टफोनको व्यापक प्रयोग गर्न सकिन्छ ।

यसरी कक्षाकोठामा आधुनिक सूचना र प्रबिधिका नयाँ साधनहरु स्मार्ट बोर्ड, ओएचपी, ल्यापटप, एलइडी टिभि, इन्टरनेट, मोबाइलका आधुनिक साधनको मद्दतले शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्दा सिकाई अर्थपूर्ण, प्रभावकारी, ब्यवहारिक र समसामयिक भइ सिकारुमा आधुनिक ज्ञान, धारण र सिपको बिकास हुन्छ । यसवाट शिक्षाका उद्देश्यहरु हासिल हुन मद्धत मिल्छ । त्यसैले आजै देखि कक्षा कोठामा सिकाइका नयाँ प्रबिधि युक्त साधनहरु प्रयोग गरि शिक्षण गरौं ।

(लेखक पाण्डे सुनपकुवा माबि उर्लाबारी-२ मोरङका शिक्षक हुन्)

 
 
  
 

You may also like