पहाडी भू-भागमा आंशिक बदली, तीन प्रदेशका एकाध ठाउँमा वर्षाको पूर्वानुमान

by समतल अनलाइन

काठमाडौँ ।मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आजै राति देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही प्रदेश नम्बर १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावाना छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like