हेमराज नेपालीको स्वरमा परदेशीको स्वास्नी गीत सार्वजनिक ( भिडियो सहित)

by समतल अनलाइन

जितपुर ।कलाकार हेमराज नेपालीको स्वरमा सत्य घटनामा आधारित यथार्थपरक र मर्मस्पर्शी गीत परदेशीको स्वास्नी सार्वजनिक भएको छ । गरिवी र देशमा भएको बेरोजगारी समस्याले गर्दा बिदेशीको रणभुमीमा आफ्ना निजी भावना र दायित्वहरु बन्धक राखेर बुवा आमा श्रीमती र आफ्ना सन्तानको सुखद भविश्यको परिकल्पना बोकेर बाध्यतामा परी विवश पराइ भएको एक परदेशीको कथा व्यथामा आधारित रहेको यो गीत अत्यन्त समसामहिक रहेको छ ।

परिवारको लागि भोको पेट र नाङ्गो शरीर ढाक्न परदेश पुगेको श्रीमानले जब आफ्नो श्रीमती अर्कैसँग लागेको थाहा पाउँछ अनि घट्छ घटना । शर्मिला गुरुङ र हेमराज नेपालीको स्वरमा रहेको गीत कथा लेखन र निर्माता दया गुरुको रहेको छ । बास्तविकतामा आधारित यो गीतको निर्देशन,सम्पादन र छायांकन बिष्णु भट्टराईले गरेका छन्

अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको यो गीतमा दया गुरु, बिना राना मगर, दिनेश खनाल, किशु गुरुङ्ग,पवन बेल्वासे विकास सुनार, निशा थापा, अर्जुन नेपाली, किशान नेपाली, अनिता नेपाली, कमल नेपाली, अदिती नेपाली, प्रकाश नेपाली, जनकराज अधिकारीले अभिनय गरेका छन् । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको गीतमा बिनोद बाजुरालीको एरेन्ज रहेको छ ।

भिडियो सहित

 
 
  
 

You may also like