बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु

by समतल अनलाइन

बुटवल बुटवलस्थित बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप एक जना महिलाको मृत्यु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ हिजो नै आईसीयू राखेर उपचार गरीएको थियो ।

डाइबिटिज रोगबाट पिडित रहेकी ती महिलाको उपचारका क्रममा आज बिहान ५:१० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।

 
 
  
 

You may also like