रुपन्देहीमा शनिबार थपिए १३७ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा सोमबार १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार सोमबार रुपन्देहीमा ५८ जना पुरुष र ७९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो  ।

बुटवलमा ६३ जना नयाँ संक्रमित थपिएकाछन् भने सिद्धार्थनगरमा २३ जना, तिलोत्तमामा १९ जना, कन्चनमा १८ जना, देवदहमा ७ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैना र मायादेबीमा २।२ जना तथा ओमसतिया, मर्चवारी र सियारीमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा सोमबार सम्ममा ५ हजार २ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा ५१ जनाको मृत्यु भएको छ भने २०३९ जना कोरोना मुक्त हुने अवधि कुरेर आइसोलेसनमा बसेका छन् ।

 
 
  
 

You may also like