इनरह्वील क्लब अफ रुपन्देहीद्वारा अतिबिपन्न परिवारलाई राहत वितरण

by समतल अनलाइन

बुटवल। इनरह्वील क्लब अफ रुपन्देहीले बुटवल ११ काअतिबिपन्न १५ घरपरिवारलाई राहत वितरण गरेको छ । बिजयादशीको अवसरमा अतिबिपन्नलाई केहिसहयोग होस् भन्ने उद्देश्यले राहत बितरण गरिएको क्लबका अध्यक्ष उमा ढकालले बताउनुभयो । क्लबले सामाजिक क्षेत्रमा विगतदेखि नै महत्वपूर्ण काम गदै आएको बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि माया दर्लानले महिलाद्धारा संचालित यो क्लबले सामाजिक क्षेत्रमा खेलेको भुमिकाको प्रसंसा गर्नुभयो । कार्यक्रममा रोटरी डिस्टीकका पोलियो संयोजक राजेन्द्र ढकाल, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रुद्रहरी कुंवर, क्लबका संस्थापक अध्यक्ष इना उपाध्य,पूर्वअध्यक्ष हेमा न्यौपाने, सचिव सिमा बनलगायतले मन्तव्य राख्नुभएको थियो ।

४० हजार वराबरको सामग्री वितरण गरिएको कार्यक्रमसंयोजक दिलकुमारी भट्टराईले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like