जेसिजको सप्ताह ब्यापी कार्यक्रम समापन

by समतल अनलाइन

विष्णु घिमिरे
बुटवल।महिला जेसिजलेसंचालन गरेको जेसिज सप्ताह समापन गरिएको छ विभिन्न रचनात्मक कार्यक्रमहरु गरीसाताव्यापी कार्यक्रम सकिएको अध्यक्ष कल्पना कुसुमले बताउनुभयो ।

एक हप्ता सम्म चलेको सप्ताहव्यापी कार्यक्रममा बृक्षा रोपण , रक्तदान निबन्ध लेखन , लुम्वीनि प्रादेशिक अस्पतालमा माक्स सेनिटाइजर बितरण, निबन्ध लेखन लगायतका कामहरु गरीएको बताउनुभयो ।
समापनको दिन नेपाल जेसिज कार्यकारिण्ी उपाध्यक्ष शोभा खरेललाई सम्मान तथा लिडरसिप तालिम संचालन गरेको अध्यक्ष कुसुमले बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष शोभा खरेलले महिलाहरु पनि सामाजिक क्षेत्रमा निकै सकृय छन् भन्ने एउटा सन्देश बुटवल महिला जेसिसले दिएको बताउनुभयो ।कोरोना भाइरसको महामारिको समयमा पनि सक्रयताका साथ काम गरेको धन्यावाद व्यक्त गदै आगामि दिनमा यस्ता रचनात्मक कामहरु गदै जान आग्रह गनुभयो यसको लागि आबश्यक सहयोग गर्न नेपाल जेसिस सधै साथमा रहेको बताउनुभयो ।

कायृक्रममा निर्वतमान अध्यक्ष लक्ष्मी थापाको स्वागत मन्तव्य महासचिव अनुपमा श्रेष्ठको संचालन तथा अध्यक्ष कल्पना कुसुमको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

 
 
  
 

You may also like