प्रहरी दिवसमा लुम्बिनी प्रदेशका ११ प्रहरीलाई सम्मान

by समतल अनलाइन

बुटवल। ६५ औ प्रहरी दिवशका उपलक्ष्यमा नेपाल प्रहरीलाई राष्ट्र र नेपाली जनताको हित एंव प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनिय योगदान पुराए बापत प्रहरी कर्मचारीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नगद सहित सम्मान गरेको छ ।

त्यसरी सम्मानित हुनेहरुमा लुम्बिनी प्रदेश प्रहरी तालिक केन्द्र बुटवलका समादेशक डा. गणेश रेग्मी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरिक्षक राज कुमार वैदवार, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेश सुवेदी,रहनु भएको छ ।

त्यस्तैगरि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक विरदत्त पन्त, सीमा प्रहरी चौकी महेशपुरका प्रहरी निरिक्षक टोपेन्द्र बुढामगर, ईलाका प्रहरी कार्यालय पिपरा वाणगंगाका प्रहरी निरिक्षक दिनेश गुरुङ,रहनु भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्री, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक ज्ञान प्रसाद पाण्ड, प्रहरी चौकी नरपानीका प्रहरी सहायक निरिक्षक रामनारायण चौधरी, ईकाका प्रहरी कार्यालय मझगावका प्रहरी हलदार खिम बहादुर राहु मगर र सिद्धार्थ सामुदायिक प्रहरी सेवाकेन्द्र भैरहवालाई ल्म्बिनी प्रदेश प्रहरी प्रमुख रविन्द धानुकले सम्मान गर्नु भएको हो ।

 
 
  
 

You may also like