कस्तो छ आमा कार्यक्रम सङ्गै, बर्थिङ्ग सेन्टर उद्घाटन

by समतल अनलाइन

तारा कंडेल
गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा न ४ गुल्मीमा हिजोदेखि कस्तो छ आमा कार्यक्रम सङ्गै २४ घण्टे बर्थिङ्ग सेन्टरको शुभारम्भ भएको छ । वडा नं. ४ का जनप्रतिनिधि¸ स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी¸ स्वास्थ्यकर्मी¸महिला स्वास्थ्य स्वयंसेवीका र गर्भवती महिलाहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।

वडा नं ४ का वडाध्यक्ष खुम बहादुर पल्लीको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो। उपाध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालको विशेष आतिथ्यता र जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधिहरु, स्वास्थ्यकर्मि, महिला स्वास्थ्य स्वयमसेबिका गर्भवति महिला र गर्भवतिका सासुआमाहरु को आतिथ्यता रहेको कार्यक्रमको सन्चालन बिरबास स्वास्थ्य चौकी अ हे व भुपेन्द्र कन्डेलले गर्नुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अशोक कुमार थापाले स्वस्थ गर्भवती आमा र स्वस्थ बच्चाको को लागि उचित बाताबरण तयार गरि स्वस्थ र सक्षम नागरिक को परिकल्पना सहित गाउँपालिकाले कस्तो छ आमा कार्यक्रम संचालन गरेको र सो कार्यक्रमलाइ थप प्रभावकारी बनाउन बर्थिङ्ग सेन्टर समेत बिस्तार गरिएको हुँदा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनको लागि सबैले सहयोग गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाले गर्भवती आमाको स्वास्थ्य सुरक्षा र सरसफाई¸ संस्थागत प्रसुती¸ पोषण सेवा र संस्थागत प्रसुतीलाई प्रोत्साहन गर्दै सुखी र स्वस्थ नागरिक निर्माणको लागि यो अभियान संचालन गरेको हुँदा हरेक गर्भवती महिला र परिवारले पालिकाको यो अभियानलाई सार्थक तुल्याउनको लागि अनुरोध गर्नुभएको छ । कस्तो छ आमा कार्यक्रम र गर्भावस्था, प्रशब अबस्था, सुत्केरि अबस्था, नवशिसु अबस्था र बाल्य अबस्थामा ध्यानदिनु पर्ने कुराहरुको बारेमा स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य चौकीमा चौथो पटकको गर्भजाच को लागि आउनुभएकि महिलालाइ प्रमुख अतिथिद्वारा गाउपालिकाको कोसेलि र बिशिष्ट अतिथिद्वारा आमा कार्यक्रमको फोकल पर्सन अ न मि लक्ष्मि परियारलाइ स्मार्ट सेट र सिमकार्ड बितरण गर्दै बिरबास स्वास्थ्य चौकि को बर्थिङ्ग सेन्टर मा प्रमुख अतिथिद्वारा दिपप्रज्वलन गरि रिबन कटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

बिरबास स्वास्थ्य चौकिकि प्रमुख इन्दु घ म को स्वागत मन्तब्य रहेको कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट वडा सदस्य कमला डम्मरपाल, राजनैतिक दलको तर्फबाट ने क पा कि शुसिला पुन गर्भवति महिला को तर्फबाट मिना रजालि महिला स्वास्थ्य स्वयमसेबिका को तर्फबाट कमला कार्कि लगायतले अहिलेसम्मकै नौलो कार्यक्रम गाउपालिकाले ल्याएकोमा खुशी ब्यक्त गर्दै कार्यक्रमलाइ सफल पार्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

 
 
  
 

You may also like