के अझै बाँकी छ मनसुन ? यस्तो हुनेछ आगामी तीन दिन

by समतल अनलाइन

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले अझै पनि नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिनसकेको बताएको छ ।हाल देशका अधिकांश भू–भागमा आंशिक बदली रहेको विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको र उक्त निम्न चापीय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशातर्फ सर्दै जाने देखिएको बिहान ६ बजे जारी बुलेटिनमा उल्लेख छ ।

आइतबार दिउँसो प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थेरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 
 
  
 

You may also like