कोभिड १९ माहामारीबिच लियो क्लब अफ बुटवलको बृहत रक्तदान

by समतल अनलाइन

बुटवल। कोभिड १९ ले देश थल्लिरहेको अवस्था र रगत अभाव को समस्या लाई मध्यनजर गर्दै लियो क्लव अफ बुट्वलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ब्लड बैक बुट्वल मा भएको कार्यक्रममा कुल ५६ पिन्ट रगत संकलन भयो।

औपचारिक कार्यक्रम क्लबका अध्यक्ष हिमालय भुसालको सभापतित्व, लायन्स इन्टरनेसनल 325 बि 2 का पुर्व गभर्नर तथा क्लब का सस्थापक एम. जे. एफ. लायन महेन्द्र नारायण श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यता, लायन्स डिस्ट्रीक्ट 325 बि 2 का डिजास्टर रेस्क्यु संयोजक लायन अर्जुन मान सैजु ज्यु को बिशिस्ट आतिथ्यता रहेकोे थियो , कार्यक्रममा लायन्स क्लब अफ बुटवलका अध्यक्ष सन्जय जैसवाल , लायनेस क्लब अफ बुटवलका अध्यक्ष मिश्रा श्रेष्ठ लगायत दर्जनौं लायन्स , लायनेस, लियो युवा हरु को उल्लेख्य सहभागीता रहेको थियो।

कार्यक्रममा बक्ता हरुले समाजकल्याण मा लियो क्लव ले गरेको कार्यहरुको प्रसंशा गर्नुभयो। कार्यक्रमको सन्चालन प्रथम उपाध्यक्ष रमेस न्यौपाने र संयोजक को रुपमा समिर अधिकारि हुनुहुन्थ्यो ।

 
 
  
 

You may also like