रोट्¥याक्ट क्लब अफ बुटवल रामापिथेकसले खाद्यान्न वितरण

by समतल अनलाइन

बुटवल।रोट्¥याक्ट क्लब अफ बुटवल रामापिथेकसले खाद्यान्न वितरण गरेको छ । कोरोनाको त्रासमा पनि स्वास्थ्य सावधानी अपनाउदै, क्लबले बुटवलको सुख्खानगर स्थित मानवसेवा आश्रममा रहेका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको हो ।

क्लबले आश्रममा चामल, तेल, नुन, मास्क झाडु तथा नगद सहयोग गरेको क्लबका अध्यक्ष रमेश ढकालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै क्लबका सल्लाहकार तथा प्रमुख अतिथि पंकज ज्ञवालीले कोरोनाको कहरका विच क्लवले समाजसेवाको क्षेत्रमा गरेको काम अत्यन्त प्रशंसनिय भएको बताउनुभयो । उहांले आगामी दिनमा थप सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो । मानवसेवा आश्रमका सरु अधिकारीले क्लबले गरेको सहयोगप्रती खुशी ब्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो ।

रामप्रसाद पौडेलको संयोजन तथा योगेन्द्र रायमाझीको संचालनमा सम्पन्न भएको कार्यक्रममा क्लवका चार्टर्ड प्रेसिडेन्ट सरोज पोखरेल, पास्ट प्रेसिडेन्ट साजन भण्डारी लगायत क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like