बृहत् यौनिकता शिक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न

by समतल अनलाइन

बुटवल। नेत्रहीन युवा संघ नेपाल को आयोजना र नेत्रहीन युवा संघ नेपाल, रुपन्देही को ब्यबस्थापनमा संचालन गरिएको “बृहत् यौनिकता शिक्षा” सम्बन्धी तिन दिने अनलाइन तालिम सम्पन्न भएको छ ।
उक्त तालिम, दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई online platform zoom को माध्यम बाट दिएको थियो ।आश्विन १२ गते देखि सुरु भएको तालिम, यौन, यौनिकता र लैङ्गिकता जस्ता विषयवस्तुहरूमा केन्द्रित थियो ।तालिम समुदघाटन रुपन्देही का अध्यक्ष टिकाराम पौडेल ले गर्नु भएको थियो भने सन्चालन लक्ष्मी पाण्डे ले गर्नु भएको थियो।तालिम मा स्वास्थ्य परियोजना का कर्मचारी कविता बस्नेत र निलु महर्जन ले प्रत्यक्ष रुपमा अनुगमन ,परामर्श तथा सरसल्लाह प्रदान गर्नु भएको थियो।
तीन दिने तालिममा प्रशिक्षक किसोर आचार्य र लक्ष्मी पाण्डेले सहजीकरण गर्नु भएको थियो ।सहजकर्ता हरुले यश भन्दा पहिलै केन्द्रिय कार्यालय को आयोजनामा दश दिन सम्म संचालन भएको बृहत् यौनिकता शिक्षा सम्बन्धी तालिम लिनु भएको थियो ।उक्त तालिममा झापा , काठमाडौ, कास्की र रुपन्देही जिल्ला बाट सारिरिक, दृष्टि र सुनाइ सम्बन्धी अपाङ्गता भएका २/२ ब्यक्तिहरुलाई छनोट गरि TOT तालिम दिएको थियो, जसमा रूपन्देही जिल्ला बाट हाल सम्पन्न भएको तालिमका सहज कर्ता किशोर आचार्य र लक्ष्मी पाण्डेय छनोटमा पर्नु भएको थियो ।

सोही तालिम अनुरुप आफ्नो छेत्रमा रहेका १३ देखि २५ बर्ष उमेर समुहका अपाङ्गता भएका किशोर-किशोरी तथा युवाहरुमा पुनर्ताजगी तालिम स्वरुप रुपन्देही जिल्लामा २५ जनाको सहभागिता मा तालिम संचालन गरिएको थियो ।तालिम मा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, एवं बृहत यौनिकता शिक्षा र तेसका आठ अवधारणाको विषयमा छलफल गरिएको कुरा प्रशिक्षक द्वय किशोर आचार्य र लक्ष्मी पाण्डेयले बताउनु भएको थियो । जस अन्तर्गत किशोरावस्था र उनीहरूको आवश्यकता, बृहत् यौनिकता शिक्षा र यसको औचित्य, लैङ्गिकताको समझ, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयहरूमा छलफल गरि, स्वास्थ्य र निरोगी ताका लागि सीपहरू समेत सिकाइएको थियो । त्यस्तै बढ्दै गइरहेको हिंसा, सहमति, गोपनीयता र शारीरिक अखन्दता, र सूचना एवं संचार प्रविधिहरूको सुरक्षित प्रयोगबारेमा छलफल गरि, हिंसा र यसबाट सुरक्षित रहने कुराहरूको विषयमा सहजि करण गरिएको थियो ।

केही चुनौती र कठिनाइहरू देखिए पनि, तालिम सहज, मर्यादित र सफल्तापूर्वक सम्पन्न भएको बताउँदै, यस्तै खालका कार्यक्रमहरू सञ्चालन गर्न आफ्नो संस्था र तहबाट आफू सधैँ लाग्ने कुरा नेपाल नेत्र हीन युवा सँग, रुपन्देही साखाका अदक्ष टीकाराम पौडेलले जानकारी गराउनु भएको थियो ।
त्यस्तै तालिम व्यवहारिक, उपयोगी, प्रभावकारी र उत्क्रिस्ट भएको कुरा उक्त तालिमका सहभागी, भूमा खरेल, कुशल आचार्य र लिला पाण्डेयले बताएका थिए ।

 
 
  
 

You may also like