रुपन्देहीमा बुधबार ४७ जनामा कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा बुधबार ४७ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १२ महिला र ३५ पुरुष गरि ४७ जनामा मात्र कोरोना पुष्टि भएको जानकारी गराएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ७ महिला ११ पुरुष गरी १८ जनामा संक्रमण देखिएको छ। त्यसै गरि सिद्धार्थनगरमा ८ जना, तिलोत्तमामा १३ जना, सैनामैनामा ३ जना, देवदह र शुद्धोधनमा २/२ जना र सियारीमा १ जनामा संक्रमण पुष्टि भएको छ।

कार्यालयका अनुसार हालसम्म संक्रमण भएकामध्ये २४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १९३२ जना निको भएर फर्किसकेका छन् भने ६५५ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

 
 
  
 

You may also like