रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी प्याज

by समतल अनलाइन

चट्ट अमिलो अचार, पिरो तरकारी अनि काँचो प्याज कर्‍याप्प टोकेर खाना खाँदाको मज्जा तपाईंले लिनुभएको छ । आहा ! बेग्लै स्वाद, कस्तो आनन्द ।

प्रायः तरकारीमा प्रयोग गरिने प्याज पकाउँदा मात्र होइन काँचै खादाँ समेत स्वाद बढाउने गर्दछ । लगभग सबै नेपालीको भान्सामा प्याजको प्रयोग हुन्छ । प्याजले खानाको स्वाद बढाउनुको अलावा स्वास्थ्यमा कैयौं फाइदा पुर्‍याउँछ ।

यस्ता छन् प्याजको फाइदा :
– प्याजको सेवनले प्रतिरोधात्मक क्षमता बढाउछ ।
– यसको नियमित सेवनले अनुहारमा नरमपन ल्याउनुका साथै आँखाको ज्योति बढाउँछ ।
– यसमा भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ तथा पोषक तत्व पाइन्छ ।
– प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ ।
– गर्मी मौसममा काँचो प्याज खादाँ लू लाग्ने सम्भावनाबाट बचाउँछ ।
– काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्दा लूबाट बच्न सकिन्छ ।
– पत्थरीको समस्यामा खाली पेट दुई चम्चा काँचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।

 
 
  
 

You may also like