रुपन्देहीमा थपिए शुक्रबार ६३ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा शुक्रबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज थपिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या दुई हजार ३ सय ४५ पुगेको छ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका १३ महिला २६ पुरुष गरी ३९ जना, सिद्धार्थनगरमा ९ जना, तिलोत्तमा र सैनौमना नगरपालिकामा ६÷६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै देवदह नगरापलिकामा २ जना, मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ। कार्यालयका अनुसार हालसम्म संक्रमण भएकामध्ये २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १६११ जना निको भएर फर्किसकेका छन् भने ७१३ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

 
 
  
 

You may also like